खोटाङमा १५ जनाको उम्मेदवारी दर्ता

दुई स्वतन्त्र र १३ दलको गरी १५ जनाको उम्मेदवारी दर्ता भएका हो ।

माघ ६, २०८२

डम्बरसिं राई

15 candidates register candidacies in Khotang

खोटाङ — प्रतिनिधिसभाको चुनावका लागि प्रत्यक्षतर्फ खोटाङमा १५ जनाको उम्मेदवारी परेको छ । दुई स्वतन्त्र र १३ दल गरी १५ जनाको उम्मेदवारी दर्ता भएका हो ।

मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीका अनुसार उम्मेदवारको नाम वर्णानुक्रमको आधारमा श्रम संस्कृति पार्टीका आरेन राई, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङ, नेपाल कम्युनिस्ट पार्टी माओवादीका चन्द्रबहादुर बुढाथोकी, स्वतन्त्र उम्मेदवारका रूपमा तिलकचन्द्र राईले उम्मेदवारी दर्ता गराएका छन् । 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक तामाङ, नेकपा एमालेका देवविक्रम राई, नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकाल, मंगोल नेश्नल अर्गनाइजेसनका प्रयाग राई, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राई, जनता समाजवादी पार्टीका राकेश राई, स्वतन्त्र डा. राजकुमार राईले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरी, नेपाली कांग्रेसका वीरकाजी राई, जनता समाजवादी पार्टी नेपालका सुनिल चाम्लिङ र नेपाली कम्युनिस्ट पार्टीका डा. हरि रोकाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत पराजुलीले जनाएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully