उदयपुर-२ मा १३ जनाको उम्मेदवारी 

१३ जनामध्ये कुनै पनि दलले महिलालाई उम्मेदवार बनाएका छैनन् ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

13 candidates contest Udayapur-2

उदयपुर — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागी उदयपुर क्षेत्र नं. २ मा १३ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन अधिकृत लोकबहादुर कटुवालका अनुसार उदयपुर–२ बाट नेपाली कांग्रेसबाट रामकुमार राई, नेकपा एमालेबाट अम्बरबहादुर रायमाझी, नेपाली कम्युनिस्ट पार्टीबाट सुरेशकुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सूर्यबहादुर तामाङले उम्मेदवारी दिएका हुन् । 

उनका अनुसार नेपाल मजदुर किसान पार्टीबाट पूर्णबहादुर बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेशनबाट भाष्कर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुबहादुर खड्का, राष्ट्रिय परिवर्तन पार्टीबाट अरुण राई, आम जनता पार्टीबाट बमबहादुर मगरले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, श्रम संस्कृति पार्टीबाट बलराज राई, नेकपा माओवादी केन्द्रबाट दुर्गाबहादुर तामाङ, जनता समाजवादी पार्टीबाट केशवबहादुर मगर र स्वतन्त्रबाट मेजरकुमार राईले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १३ जनामध्ये कुनै पनि दलले महिलालाई उम्मेदवार बनाएका छैनन् । निर्वाचन कार्यालयका अनुसार राष्ट्रिय परिवर्तन पार्टीले २६ वर्षका अरुण राईलाई उम्मेदवार बनाएको छ भने नेपाली कम्युनिस्ट पार्टीले ३३ वर्षीय युवालाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले निवर्तमान सांसदलाई नै उम्मेदवार बनाएको छ भने अन्यले नयाँलाई अवसर दिएका छन् । 

उदयपुर निर्वाचन क्षेत्र नं. २ मा ९६ हजार १ सय २२ जना मतदाता रहेका छन् । ४ गाउँपालिका र एक नगरपालिका रहेको यस क्षेत्रमा ५१ मतदान स्थलमा ११५ ओटा मतदान केन्द्र रहेका छन् । 

कान्तिपुर

Link copied successfully