गतिशील लोकतान्त्रिक पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ काठमाडौं-५ बाट निशा अधिकारी र सुर्खेत-२ बाट पवन थापा मगरको उम्मेदवारी दर्ता गराएको हो ।
काठमाडौँ — गतिशील लोकतान्त्रिक पार्टी(गलोपा)बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट निशा अधिकारी र सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट पवन थापा मगरको उम्मेदवारी दर्ता गराएको हो ।
दल स्थापना गर्ने वायुसेवा सञ्चालक वीरेन्द्रबहादुर बस्नेत तथा पार्टी अध्यक्ष एवं होटल व्यवसायी दिनेश प्रसाईंले भने प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छैनन् ।
यसैगरी, पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फ यो राजनीतिक दलले ११ जना उम्मेदवारको नाम बन्दसूचीमा निर्वाचन आयोगमा बुझाएको छ ।
गतिशील लोकतान्त्रिक पार्टीले निर्वाचनमा खसेको कुल मतको २० प्रतिशतभन्दा कम मत प्राप्त गरेमा मात्र सरकारमा सहभागी हुने नीति लिएको छ ।
पार्टीको घोषणापत्रमा राजनीतिक पदाधिकारीहरूले आवधिक रूपमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था कानुनी रूपमा अनिवार्य बनाइने उल्लेख गरिएको छ। पारदर्शिता, सुशासन र जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यसहित उक्त प्रावधान समेटेको छ।
