रामेछापमा ३ स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
रामेछाप — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रामेछापमा ३ स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट केशरी श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीबाट श्यामकुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गोरे तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कृष्णहरि बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी नेकपा (एमाले) बाट माधवप्रसाद ढुंगेल, राष्ट्रिय जनमोर्चाबाट अर्जुनबहादुर थापा मगर, श्रम संस्कृति पार्टीबाट ढालबहादुर खपाङी मगर तथा नेपाली कांग्रेसबाट रामचन्द्र खड्काले मनोनयन दर्ता गराएका छन् ।
नेशनल रिपब्लिक पार्टीबाट यमबहादुर मोक्तान, उज्यालो नेपाल पार्टीबाट दीपबहादुर योन्जन, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट र वीरेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, आम जनता पार्टीबाट पदमबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेसनका विनोद घिसिङ, नेकपा माओवादीबाट यमुन बहादुर बस्नेतले मनोनयन दर्ता गराएका छन् ।
स्वतन्त्र उम्मेदवारका रूपमा अरुण कार्की, बाबुकाजी खड्का र सन्तोष घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।
रामेछापमा सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले जानकारी दिए । निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी माहोल थप तातेको छ ।
