गोरखा-१ मा १३ र गोरखा-२ मा १४ जनाको उम्मेदवारी

गोरखा–१ मा नेपाली कांग्रेसबाट प्रेमकुमार खत्री, नेपाली कम्युनिस्ट पार्टीबाट हरिराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सुधन गुरुङ, उज्यालो नेपाल पार्टीबाट रामकाजी राना मगरले उम्मेदवारी दर्ता गराएका छन् ।

माघ ६, २०८२

हरिराम उप्रेती

13 candidates in Gorkha-1 and 14 in Gorkha-2

गोरखा — आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गोरखाको दुई निर्वाचन क्षेत्रमा २७ जनाले उम्मेदवारी दिएका छन् । गोरखा–१ मा १३ जना र गोरखा–२ मा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

गोरखा–१ मा नेपाली कांग्रेसबाट प्रेमकुमार खत्री, नेपाली कम्युनिस्ट पार्टीबाट हरिराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सुधन गुरुङ, उज्यालो नेपाल पार्टीबाट रामकाजी राना मगरले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी(एकीकृत मार्क्सवादी लेनिनवादी)बाट रामचन्द्र लामिछाने, नेपाल कम्युनिस्ट पार्टी(माओवादी)बाट विष्णुप्रसाद रिजाल, नेशनल रिपब्लिक नेपालबाट आकाश राना मगर, नेपाल मजदुर किसान पार्टीबाट मनुकुमारी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केदारमणि खनाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोपालबाबु श्रेष्ठ, मंगोल नेशलन अर्गनाइजेशनबाट देवबहादुर थापा र संयुत्त नागरिक पार्टीबाट जित बहादुर घले उम्मेदवार बनेका छन् ।

त्यस्तै, गोरखा क्षेत्र नम्बर २ मा १४ जनाले उम्मेदवारी दिएका छन् । गोरखा–२ मा नेपाली कांग्रेसबाट प्रकाश चन्द्र दवाडी, प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट कवीन्द्र बुर्लाकोटी, नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने, आम जनता पार्टीबाट कल्पना कुमाल, नेपाल कम्युनिस्ट पार्टी(माओवादी) बाट टेकबहादुर प्रधान, मंगोल नेशलन अर्गनाइजेशनबाट सोमबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टी रामशरण वुढाथोकी, उज्यालो नेपाल पार्टीबाट बलराम तामाङ, नेपाल कम्युनिस्ट पार्टी(एकीकृत मार्क्सवादी लेनिनवादी) बाट मिलन गुरुङ, नेशन रिपब्लीक नेपालबाट प्रसाद गुरुङले उम्मेदवारी दिएका छन् । त्यस्तै, चुडाप्रसाद ढकाल र हरि पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully