सिरहा-१ बाट दुई पूर्वमन्त्रीसहित २५ जनाले दिए उम्मेदवारी

अन्तरिम सरकारमा युवा तथा खेलकुदमन्त्री बनेका पूर्वमन्त्री बब्लु गुप्ताले यसै क्षेत्रबाट उम्मेदवारी दिएका छन् ।

माघ ६, २०८२

विनय आजाद

25 candidates, including two former ministers, filed their candidacies from Siraha-1

सिरहा — सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट दुई पूर्वमन्त्रीसहित २५ जनाको उम्मेदवारी दर्ता भएको छ । यस क्षेत्रबाट विभिन्न पार्टीबाट र स्वतन्त्र गरी २५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

अन्तरिम सरकारमा युवा तथा खेलकुदमन्त्री बनेका पूर्वमन्त्री बब्लु गुप्ताले यसै क्षेत्रबाट उम्मेदवारी दिएका छन् । नेकपा एमालेबाट यहाँका यसअघिका सांसद रामशंकर यादव नै उम्मेदवार बनेका छन् ।

यस्तै, कांग्रेसबाट यहाँ रामसुन्दर चौधरी, जसपा नेपालबाट सत्यनारायण यादव, नेकपा पूर्वमन्त्री रामचन्द्र यादव र जनमतबाट रामस्वरूप चौधरीले मनोनयन दर्ता गराएका छन् ।

यस क्षेत्रबाट विभिन्न दलबाट सात जना र स्वतन्त्र १८ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत राधेश्याम यादवले जानकारी दिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully