पूर्वी नवलपरासीमा ९ स्वतन्त्रसहित ३७ जनाको उम्मेदवारी

निर्वाचन क्षेत्र नम्बर १ मा १९ जना र क्षेत्र नम्बर २ मा १८ जनाले मनोनयन दर्ता गराएका हुन् ।

माघ ६, २०८२

नारायण शर्मा

37 candidates, including 9 independents, contest in East Nawalparasi

नवलपरासी — दुई वटा निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा मंगलबार ३७ जनाले प्रतिनिधिसभा सदस्यकालागि उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन क्षेत्र नम्बर १ मा १९ जना र क्षेत्र नम्बर २ मा १८ जनाले मनोनयन दर्ता गराएका हुन् । यहाँ कांग्रेस, एमाले, रास्वपा, नेकपा, श्रम संस्कृति, राप्रपा, जनमोर्चालगायतका दलबाट उम्मेदवारी परेको छ ।

जिल्ला निर्वाचन कार्यालयकी निर्वाचन अधिकृत सिता अधिकारीका अनुसार दुवै क्षेत्रमा चार महिलासहित नौ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully