बर्दिया १ मा कांग्रेसका संजय गौतम लगातार चौथो पटक उम्मेदवार

बर्दिया क्षेत्र नम्बर १ बाट लगातार तीन पटक निर्वाचित गौतम यसपाला पनि उम्मेदवार बनेका छन् ।

माघ ६, २०८२

कमल पन्थी

Congress' Sanjay Gautam is running for the fourth consecutive time in Bardiya 1.

बर्दिया — प्रतिनिधिसभा सदस्यका लागि बर्दियाका २ वटै क्षेत्रमा शान्तिपूर्णरुपले मनोनयन दर्ता भएको छ।

बर्दिया क्षेत्र नम्बर १ बाट लगातार तीन पटक प्रतिनिधिसभामा निर्वाचित गौतम यसपाला पनि उम्मेदवार बनेका छन् ।

बर्दिया १ मा एमालेबाट बासगढी नगरपालिकाका पूर्वमेयर शालिकराम अधिकारी, नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वमन्त्री एंव थारु आयोगका पूर्वअध्यक्ष विष्णु चौधरी, नागरिक उन्मुक्ती पार्टीबाट पूर्वमन्त्री अब्दुल खान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ठाकुरसिंह थारुलगायतका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। 

क्षेत्र नम्बर २ बाट कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठौर, एमालेबाट पूर्वमन्त्री विमला विक, नेकपाबाट सुरेश पन्थलगायतले मनोनयन दर्ता गरेका छन्। 

साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरेका उम्मेदवारको साढे ६ बजेसम्म पनि मनोनयन दर्ता जारी रहेको कार्यालयले जनाएको छ ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully