मकवानपुरका दुवै क्षेत्रमा ४४ जनाको उम्मेदवारी

क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

माघ ६, २०८२

सुवास विडारी

44 candidates contest in both constituencies of Makawanpur

मकवानपुर — फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई क्षेत्रबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

क्षेत्र नम्बर–१ बाट विभिन्न दलबाट १३ जना र १० जनाले स्वतन्त्र तथाक्षेत्र नम्बर–२ बाट विभिन्न दलबाट १६ जना र ५ जना स्वतन्त्र गरी २१ जनालेउम्मेदवारी दर्ता गराएका हुन् ।

मंगलबारउम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयले दिएको समय अनुसार दलहरुले दलबलसहित उम्मेदवारी दर्ता गराएका थिए।

कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका उम्मेदवारले हेटौंडा बजार परिक्रमा गर्दै उम्मेदवारी दर्ता गराएका थिए । 

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully