दोलखामा १४ दलसहित ३४ जनाको उम्मेदवारी

दोलखामा आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि १४ दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

माघ ६, २०८२

केदार शिवाकोटी

34 candidates from 14 parties in Dolakha

दोलखा — मुख्य दलहरूले तामझामका साथ शक्ति प्रदर्शन गरेर उम्मेदवारी दर्ता गराएका छन् । यस्तै  २० जना स्वतन्त्र उम्मेदवारले पनि प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दोलखामा प्रतिनिधिसभा निर्वाचनका लागि ३४ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य युवा नेता अजयबाबु शिवाकोटको उम्मेदवारी परेको छ ।

यस्तै, नेकपा एमालेबाट तेस्रोपटक पार्वत गुरूङ चुनावी  मैदानमा होमिएका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टी(नेकपा )बाट युवा नेता  विशाल खड्काले उम्मेदवारी दर्ता गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट जगदीश खरेलले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र  पार्टीबाट युवा नेता प्रविनकुमार थोकर र उज्यालो नेपालबाट निमादोर्जी लामाले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार चरिकोटमा झाँकी, बाजागाजासहित दलहरूले मनोनयन दर्ता गरेसँगै चुनावी माहोल तातेको छ ।

मनोनयन दर्ता लगत्तै दलहरू आन्तरिक तयारीमा जुटेका छन् ।

केदार

Link copied successfully