दर्ता गराएकामध्ये ३ सय ३ महिला र २३२ सय ५२ पुरुष रहेका छन्।
काठमाडौँ — निर्वाचन आयोगले ५ बजेसम्म देशभर २६ सय ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आज देशैभर उम्मेदवारी दर्ता भएको थियो ।
आयोगले सबै क्षेत्रमा निर्वाचन अधिकृत खटाइसकेको छ। उम्मेदवारी मनोनयनपूर्व आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता पनि लागू गरिसकेको छ।
देशभर १ करोड ८९ लाख ३ हजार ५६ सय ८९ मतदाता छन् । १ सय ६५ निर्वाचन क्षेत्रमा खोलिएका निर्वाचन अधिृकत कार्यालयलाई मनोनयन प्रयोजनका निम्ति आवश्यक पर्ने मतदाता नामावली पुस्तिका पठाइसकिएको छ ।
