एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा कांग्रेस, एमाले, नेकपा, रास्वपा, राजमो, राप्रपा, प्रलोपालगायत दलले मनोनयन दर्ता गराएका छन् ।
अर्घाखाँची — फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा १२ राजनीतिक दलकासहित तीन जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा कांग्रेस, एमाले, नेकपा, रास्वपा, राजमो, राप्रपा, प्रलोपालगायत दलले मनोनयन दर्ता गराएका छन् ।
कांग्रेसबाट विष्णुप्रसाद खनाल, एमालेबाट पिताम्बर भुसाल, नेपाली कम्युनिष्ट पाटीका रामबहादुर चौहान, रास्वपाका हरिप्रसाद भुसाल, राजमोका पशुपति ढकाल रहेका छन् ।
त्यस्तै प्रलोपाका पुष्कर आचार्य, माओवादीका खिमबहादुर घर्ती, राप्रपाका झन्विन्द्र फुल्लेल, आम जनता पाटीका दुर्गाबहादुर भाट क्षेत्री, मंगोल नेशनल अर्गनाइजेशनबाट सूर्यबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालका विष्णुबहादुर गाहा, जसपाबाट टुकबहादुर चेवाली रहेका छन् ।
स्वतन्त्र उम्मेदवारहरु रवि शाह, हिमाल भुसाल र पम्फा श्रेष्ठ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसपाली सबै जिल्ला स्तरीय नेता चुनावमा भिँड्दैछन् । अर्घाखाँचीबाट ०६४, ०७०, ०७४ र ०७९ मा लगातार चारपटक चुनाव जितेका टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि अनुसन्धानका लागि थुनामा छन् । पूर्वउपसभामुख एवं कांग्रेस केन्द्रीय उपसभापति पुष्पा भुसालले चुनाव नलड्ने घोषणा गरेर खनाललाई समर्थन गरेकी हुन् ।
एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएकाले उम्मेदवार भएनन् । अरु केन्द्रीय स्तरका नेताहरु आकांक्षी भए पनि टिकट पाएनन् ।
