सल्यानमा १६ जनाको मनोनयन दर्ता

जिल्लामा १४ राजनीतिक दल र दुई स्वतन्त्र गरी १६ जनाले उम्मेदवार दिएका हुन् ।

माघ ६, २०८२

विप्लव महर्जन

16 people registered for nomination in Salyan

सल्यान — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानमा १६ जनाको उम्मेदवारी दर्ता भएको छ।

जिल्लामा १४ राजनीतिक दल र दुई स्वतन्त्र गरी १६ जनाले उम्मेदवार दिएका हुन् । उम्मेदवारहरु दुई जना महिला रहेका छन्।

उम्मेदवारी दिनेमा कांग्रेसबाट केशबहादुर बिष्ट, नेकपाबाट रमेश मल्ल, एमालेबाट गुलाबजंग शाह, रास्वपाबाट ललितकुमार चन्द, नेकपा माओवादीबाट चन्द्रबहादुर खडका, मजदुर किसान पार्टीबाट लालबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिसा नेपाली, नेशनल रिपब्लिकन नेपालबाट डिल्लीबहादुर घर्ती, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोषकुमार राई, आम जनता पार्टीबाट मानसिंह कामी, संयुक्त नागरिक पार्टीबाट कालीदाश विक छन् । 

यस्तै जनमोर्चाबाट कमला डाँगी, मंगोल नेसनल अर्गनाईजेसनबाट बालसिंह घर्ती, श्रम संस्कृतिबाट धनबहादुर बुढा, स्वतन्त्रबाट ध्रुवराज ओली र जुद्धकुमार सिंहले उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत कमल आचार्यले बताए। उनका अनुसार शान्त वातावरणमा मनोनयन दर्ता सम्पन्न भएको छ। 

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully