जुम्लामा एक स्वतन्त्रसहित १० जनाको मनोनयन दर्ता

मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सकिएको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए ।

माघ ६, २०८२

डीबी बुढा

Nominations of 10 people, including one independent, registered in Jumla

जुम्ला — फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा एक स्वतन्त्रसहित १० जनाको मनोनयन दर्ता भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेबाट जिल्ला अध्यक्ष शान्तिलाल महत, कांग्रेसबाट दीपबहादुर शाही, नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले मनोनयन गरेका हुन् । 

कार्यालयका अनुसार नेमकिपाका बिर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल, नेपाल जनता पार्टीका रनिलविक्रम शाही, नेपाल कम्युनिष्ट पार्टीका बिर्खबहादुर शाहीले उम्मेदवारी दर्ता गरेका हुन्।

स्वतन्त्र उम्मेदवारका रुपमा भक्तबहादुर रावलले उम्मदेवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सकिएको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए ।  

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully