यस क्षेत्रबाट संविधान सभाका पूर्वसदस्यदेखि जेन-जी अभियन्तासम्म गरी २९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
सिरहा — सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रबाट संविधान सभाका पूर्वसदस्यदेखि जेन-जी अभियन्तासम्म गरी २९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
यहाँबाट उम्मेदवारी दिनेमा नेपाली कांग्रेसका सिरहा जिल्ला सभापतिसमेत रहेका संविधान सभाका पूर्वसदस्य रामचन्द्र यादव रामचन्द्र, जेन-जी आन्दोलनबाट परिचित बनेका रास्वपाका केन्द्रीय सदस्य शिव शंकर यादव छन् ।
यसैगरी जसपा नेपालबाट संजिव यादव, जनमत पार्टीबाट विनोद यादव, नेकपा एमालेबाट नवीनकुमार यादव, नेकपाबाट मुक्ति नारायण सिंहसहित विभिन्न पार्टी र स्वतन्त्र गरी २९ जनाले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिए ।
