सिरहाका ४ क्षेत्रमा १ सय ३९ जनाको उम्मेदवारी, स्वतन्त्र उम्मेदवार नै ८५ जना

मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार, सिरहा १ मा ३२ जना, सिरहा २ मा २९ जना, सिरहा ३ मा ४१ जना र सिरहा ४ मा ३७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

माघ ६, २०८२

विनय आजाद

139 candidates contesting in 4 constituencies in Siraha, 85 are independent candidates

सिरहा — सिरहाका ४ वटै निर्वाचन क्षेत्रबाट कुल एक सय ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न पार्टीबाट र स्वतन्त्र गरी जम्मा एक सय ३९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार, सिरहा १ मा ३२ जना, सिरहा २ मा २९ जना, सिरहा ३ मा ४१ जना र सिरहा ४ मा ३७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

यसमध्ये स्वतन्त्र उम्मेदवारकै संख्या धेरै छ । सिरहा १ मा १८ जना, सिरहा २ मा १५ जना, सिरहा ३ मा २९ जना र सिरहा ४ मा २३ जना गरी ८५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सिरहाका चार वटै निर्वाचन क्षेत्रमा पुरुष २ लाख ४१ हजार ६ सय १४, महिला २ लाख १२ हजार २८ र अन्य २ गरी ४ लाख ५३ हजार ६ सय ४५ मतदाता छन् । यसका लागि जिल्लाभरमा २ सय २३ मतदानस्थल र ५ सय ३१ मतदान केन्द्र तोकिएका छन् ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully