दुहु–५ मा स्वतन्त्रसहित प्रमुख तीन दलको उम्मेदवारी दर्ता 

मंसिर २, २०८१

मनोज बडू

Registration of candidature of three major parties including independents in Duhu-5

दार्चुला — दुहु गाउँपालिका–५ मा हुन लागेको वडाध्यक्षको उपनिर्वाचनमा एक स्वतन्त्रसहित जिल्लाका प्रमुख तीन दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

 आइतबार तोकिएको समयमा सबै उम्मेदवारहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

वडाध्यक्ष पदमा कांग्रेसका धनसिंह कुँवर, एमालेबाट मानसिंह बडाल, लालबहादुर कुँवरले स्वतन्त्र रुपमा र माओवादी केन्द्रबाट वीरसिंह कार्कीले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत पुष्पराज पाण्डेले बताए । उनका अनुसार सबै उम्मेदवारहरुले आफ्नो समर्थक र प्रस्तावक साथमै लिएर मनोनयन दर्ता गराएका छन् । 

दुहु–५ मा हुने वडा अध्यक्ष पदको उपनिर्वाचनमा ६ सय ४९ जना पुरुष र ६ सय २३ जना महिला गरी कुल १ हजार २७२ जना मतदाताले मतदान गर्न पाउने छन् ।

स्थानीय तह उपनिर्वाचन-२०८१

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully