सुर्मा ४ को वडाध्यक्षका लागि तीन दलको उम्मेदवारी 

मंसिर २, २०८१

वसन्तप्रताप सिंह

Candidates of three parties for Ward President of Surma 4

बझाङ — आगामी उपनिर्वाचनका लागि बझाङको सुर्मा गाउँपालिका- ४, वडा अध्यक्ष पदमा तीन दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । 

वडा अध्यक्ष पदमा कांग्रेसबाट धिरेन्द्र पुजारा, एमालेका लखिचन्द्र बोहरा र माओवादी केन्द्रका पुष्कर बोहराले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । 

गत निर्वाचनमा विजयी एमालेका सर्जन बोहराको मृत्यु भएपछि यस वडामा उपनिर्वाचन हुन लागेको हो ।

अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारले ६ सय २९ मत ल्याएर विजयी भएका थिए भने निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ६ सय ४ मत ल्याएका थिए । 

स्थानीय तह उपनिर्वाचन-२०८१

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully