१ सय ४ खेल सम्पन्न प्रतियोगिताले मेटलाइफ रंगशालामा बिट मार्दै गर्दा मेसीको पनि यो अन्तिम विश्वकप खेल हुने बलियो सम्भावना छ ।
अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध खेलेको टोलीबाट ३ खेलाडी परिवर्तन गरेको छ । नाहुइल मोलिना, गिउलिएनो सिमोनी र लियोनार्डो पारेडेजको स्थानमा गोन्जालो मोन्टेइल, रोड्रिगो डी पाल र निको गोन्जालेजलाई खेलाएको छ । स्पेनले भने सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गरेको आफ्नो टोलीबाट कुनै खेलाडी परिवर्तन गरेको छैन ।
