इंग्ल्यान्ड भर्सेस अर्जेन्टिना: नवीकरण हुँदै शताब्दी पुरानो प्रतिद्वन्द्विता

२१ वर्षयता दुई फुटबल महाशक्तिबीच हुन लागेको खेलले सबैको ध्यान खिचेको छ । भनिएको छ, एटलान्टा यसको साक्षी हुनेछ ।

असार ३१, २०८३

रोयटर्स

England vs. Argentina: A century-old rivalry being renewed

एटलान्टा — इंग्ल्यान्ड र अर्जेन्टिनाले शताब्दी पुरानो फुटबल प्रतिद्वन्द्विता बिहीबार नवीकरण गर्दै छन् । अवसर छ, विश्वकप २०२६ को सेमिफाइनल । विश्वकप इतिहासमै यत्तिको धेरै अर्थ बोकेको खेल अरू हुन सक्दैन, जसलाई रगतले लेखिएको छ र उतारचढावले भरिएको छ । फुटबलमा यी दुई जत्तिको शत्रु टिम पनि हुने छैनन्, किनभने ६ दशक लामो मैदानी युद्धमा नाटक, विवाद र जादुयी प्रदर्शन सबै छ । 

त्यसैले २१ वर्षयता दुई फुटबल महाशक्तिबीच हुन लागेको खेलले सबैको ध्यान खिचेको छ । भनिएको छ, एटलान्टा यसको साक्षी हुनेछ । सन् २००५ मा अन्तिम पटक इंग्ल्यान्ड र अर्जेन्टिना खेल्दा लियोनल मेसी भर्खर १८ वर्षका थिए । जेनेभामा भएको मैत्रीपूर्ण त्यो खेल इंग्ल्यान्डले ३–२ ले जितेको थियो । मेसीले त्यो खेल किन खेल्न पाएनन् भने त्यसको ठीक अगाडि उनले डेब्यु खेलमै रातो कार्ड खाएका थिए । 

दुई देशबीचको फुटबल सम्बन्ध वास्तवमै शताब्दी जतिकै पुरानो छ । अर्जेन्टिनी फुटबल इतिहासमै प्रमाणित पहिलो खेल सन् १८६७ मा भएको मानिन्छ । त्यसमा खेल्ने टिम थिए, रेल्वेका अंग्रेज कामदार । अर्जेन्टिनाका दुई प्रसिद्ध क्लब नेवेल्स ओल्ड ब्वाइज र रोसारियो सेन्ट्रल हुन् । यी दुई क्लबको स्थापना तिनै अर्जेन्टिनालाई आफ्नो कर्मथलो बनाएका अंग्रेजको हात थियो । 

नेवेल्स ओल्ड ब्वाइजको स्थापना क्लाउडियो नेवेलले गरेका थिए र यसक्रममा उनले आफ्ना इसाक नेवेलको नाममै क्लबको नाम राखे । इसाक सन् १८६९ मा इंग्ल्यान्डबाट अर्जेन्टिना गएका थिए । यस्तै रोसारियो सेन्ट्रलको स्थापना अर्जेन्टिना पुगेका ७० अंग्रेज कामदारले गरेका थिए । क्लबको सुरुआती लक्ष्य थियो, फुटबल र क्रिकेट सँगसँगै खेल्ने । 

England vs. Argentina: A century-old rivalry being renewed

यस्तै रिभर प्लेट र बोका जुनियर्स जस्ता अन्य दुई क्लबको नाम पनि अंग्रेजी भाषाबाट जुरेको थियो । अर्जेन्टिनाको प्रसिद्ध रिया डेला प्लाटालाई अंग्रेजीमा रिभर प्लेट भनिन्थ्यो । यही नाममा क्लब स्थापना गरियो । संयोगले बोका जुनियर्सको स्थापना अंग्रेजले गरेका थिएनन्, इटालीबाट आएका कामदारले गरे । त्यसमा बोकाले क्लब स्थापना भएको स्थानलाई जनाउँथ्यो । 

त्यसको पछाडि अंग्रेज शब्द जुनियर किन थपियो भने ती इटालीका कामदारलाई लागेको थियो, यसले नामलाई आधुनिकपन दिन्छ । अझ विश्वास गर्नै गाह्रो के भन्दा पूर्ण अन्तर्राष्ट्रिय मान्यताप्राप्त इंग्लिस टिमको दोस्रो खेल अर्जेन्टिनासँग जुरेको थियो, सन् १९५१ मा । यस्तो अर्जेन्टिना नै स्कटल्यान्डपछि वेम्बलीमा इंग्ल्यान्डको सामना गर्ने पहिलो टिम रहेको छ । पछि यिनै दुई टिम फुटबलको मैदानमा साँच्चै शत्रु भएर निस्किए । 

सन् १९६६ को विश्वकपमा इंग्ल्यान्ड र अर्जेन्टिना पहिलो पटक भिडेका थिए । त्यसको चार वर्षअघि चिलीमा भएको विश्वकपमा इंग्ल्यान्ड समूह चरणबाट अर्जेन्टिनाको स्थानमा क्वाटरफाइल पुगेको थियो, गोल अन्तरका आधारमा । वेम्बलीमा त्यसै पृष्ठभूमिमा भएको खेलमा इंग्ल्यान्ड १–० ले विजयी रह्यो । त्यसलाई अझै पनि शताब्दीकै डाका डालिएको खेल भनिन्छ । अर्जेन्टिनीको के आरोप छ यो खेलमा इंग्ल्यान्डलाई जिताउन सक्दो झेल्ली गरिएको थियो । 

त्यसपछि आउँछ, सन् १९८६ को त्यो प्रसिद्ध खेल त्यसमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ को हराएको थियो । त्यसमा दुवै गोल डिएगो म्याराडोनाले गरेका थिए । सुरुमा हातले गरेका उनले पछि विश्व फुटबलकै एक उत्कृष्ट गोल पनि गरे । 

सन् १९९८ को विश्वकपमा अर्जेन्टिना इंग्ल्यान्डमाथि पेनाल्टी शुटआउटमा विजयी रह्यो । त्यसअघिको खेल २–२ को बराबरीमा समाप्त भएको थियो । त्यही खेलमा त हो, डेविड बेकह्यामले रातो कार्ड खाएको । सन् २००२ को विश्वकपमा इंग्ल्यान्ड त्यसको बदला लिन सफल रह्यो १–० जितसँगै । यसमा पेनाल्टीबाट गोल गर्ने खेलाडी तिनै बेकह्याम थिए । यस हारसँगै अर्जेन्टिना समूह चरणबाटै घर फर्किन बाध्य रह्यो ।

विश्वकप २०२६

रोयटर्स

Link copied successfully