स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा

स्पेनले पछिल्ला ११ खेलमा फ्रान्समाथि हात पारेको यो आठौं विजय हो । युरो २०२४ जित्ने क्रममा पनि स्पेनले सेमिफाइनलमा फ्रान्समाथि २–१ को विजय हात पारेको थियो ।

असार ३१, २०८३

एएफपी

Spain reaches World Cup final after 16 years

डालास — दाबेदार फ्रान्सलाई पन्छाउँदै स्पेन विश्वकप २०२६ को फाइनलमा पुगेको छ । स्पेनले बुधबार डालासको एटी एन्ड टी रंगशालामा पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० गोलले पराजित गरेको हो । 

सन् २०१४ मा दक्षिण अफ्रिकामा आफ्नो फुटबल इतिहासमा एकमात्र विश्वकप उपाधि जितेपछि स्पेन पहिलो पटक फाइनल पुगेको हो । स्पेनको यात्रा एतिहासिक रहेको छ, टोलीले फाइनलसम्म पुग्ने क्रममा केवल १ गोल खर्चेको छ । 

स्पेनले पछिल्ला ११ खेलमा फ्रान्समाथि हात पारेको यो आठौं विजय हो । युरो २०२४ जित्ने क्रममा पनि स्पेनले सेमिफाइनलमा फ्रान्समाथि २–१ को विजय हात पारेको थियो । 

फ्रान्स भने लगातार तेस्रो पटक फाइनलमा पुग्नबाट चुकेको छ । २०१८ मा रुसमा उपाधि जितेको फ्रान्स चार वर्षअघि कतारमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । 

रोड्रीले मिडफिल्डमा वर्चस्व जमाएपछि स्पेनले बल आफ्नो नियन्त्रणमा राख्दै फ्रान्सलाई बिरलै अवसर दिएको थियो । उल्टै स्पेनले फ्रान्समाथि लगातार आक्रामण गरेको थियो । 

मिकेल ओयारजबलले पेनाल्टीमा गोल गरी स्पेनलाई २२ औं मिनेटमा अग्रता दिलाए । यस विश्वकपमा यो उनको पाँचौं गोल हो । लुकास डिग्नाले लामिन यमाललाई लडाएपश्चात् स्पेनले सो पेनाल्टी पाएको थियो । 

डानी ओल्मोसँगको वान टच पासलाई अगाडि बढाउँदै स्पेनबाट पेड्रो पोरोले ५८ औं मिनेटमा दोस्रो गोल गरे । स्पेनले आइतबार न्यु जर्सीमा हुने फाइनलमा अर्जेन्टिना र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइलनको विजेतासँग खेल्ने छ ।

विश्वकप २०२६

एएफपी

Link copied successfully