प्लेयर्स टु वाच: ब्रुनो फर्नान्डेज (पोर्चुगल)

हाल खेलिरहेका खेलाडीमा ब्रुनो फर्नान्डेजलाई विश्वको एक उत्कृष्ट एट्याकिङ मिडफिल्डर मानिन्छ । ३१ वर्षे उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट ९० खेल खेल्दै २९ गोल गरेका छन् ।

असार ९, २०८३

कान्तिपुर संवाददाता

Players to watch: Bruno Fernandes (Portugal)

काठमाडौँ — हाल खेलिरहेका खेलाडीमा ब्रुनो फर्नान्डेजलाई विश्वको एक उत्कृष्ट एट्याकिङ मिडफिल्डर मानिन्छ । ३१ वर्षे उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट ९० खेल खेल्दै २९ गोल गरेका छन् ।

सन् २०१७ को नोभेम्बरमा उनले पहिलो पटक पोर्चुगलको राष्ट्रिय टोलीबाट खेलेका थिए । फर्नान्डेजले यसअघि नै २०१८ र २०२२ को विश्वकप खेलिसकेका छन् । २०२२ मा भएको पछिल्लो विश्वकपमा उनले दुई गोल गर्नुका साथै तीन असिस्ट गरेका थिए । त्यस विश्वकपमा उनी सर्वाधिक असिस्ट गर्ने सूचीमा संयुक्त रूपमा शीर्षस्थानमा थिए । 

पोर्चुगलले २०१९ मा नेसन्स लिगको पहिलो संस्करण जित्दा फर्नान्डेजले प्रभावशाली प्रदर्शन गर्दै ‘टिम अफ द टुर्नामेन्ट’ मा परेका थिए । २०२० यता उनी क्लब फुटबलमा म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका छन्, जहाँ उनले २ सय ३० खेल खेल्दै ७१ गोल गरेका छन् ।

गत महिना उनले २१ गोल पास उपलब्ध गराइदिएर प्रिमियर लिगमा नयाँ कीर्तिमान बनाएका थिए । उनले म्यानचेस्टर सिटीका केभिन डी ब्रुएनाको सर्वाधिक २० असिस्टको कीर्तिमान उछिनेका थिए ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully