सेनेगलमाथि रोमाञ्चक जितपछि नर्वे नकआउट चरणमा

इर्लिङ हालान्डको दुई गोलको मदतले नर्वेले विश्वकप २०२६ मा मंगलबार सेनेगेललाई ३–१ ले पराजित गरेको छ र समूह आई मा दुई खेलबाट अधिक्तम छ अंक बटुलेको छ ।

असार ९, २०८३

कान्तिपुर संवाददाता

Norway advances to knockout stages after thrilling win over Senegal

काठमाडौँ — इर्लिङ हालान्डको दुई गोलको मदतले नर्वेले विश्वकप २०२६ मा मंगलबार सेनेगेललाई ३–१ ले पराजित गरेको छ र समूह आई मा दुई खेलबाट अधिक्तम छ अंक बटुलेको छ । यो जितपछि नर्वे प्रतियोगिताको नकआउट चरणका लागि पनि छनोट भएको छ ।

नर्वे तथा फ्रान्स दुवै समान छ अंकमा छन् र दुवै अर्को चरण पुग्ने निश्चित भइसकेको छ । अब यिनै दुई टिमबीच हुने लिग चरणको खेलले समूह विजेताको निर्णय गर्नेछ । सेनेगलसँगै इराक शून्य अंकमा यो समूहको पुछारमा छन् ।

हालान्डले ४८ र ५८ औं मिनेटमा दुई गोल गरे । यो विश्वकपमा उनले गरेको गोल संख्या चार पुगेको छ । नर्वेका लागि एक अर्को गोल भने मार्कस पेडेरेसनको नाममा रह्यो । उनले ४३ औं मिनेटमा गोलको खाता खोलेका हुन् ।

सेनेगलका तर्फबाट इस्माल सारले दुई गोल फर्काए । उनले ५३ र दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेका हुन् ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully