घरेलु टोली मेक्सिकोले विश्वकप २०२६ को उद्घाटन खेलमा मध्यान्तरसम्म १–० गोलको अग्रता लिएको छ ।
मेक्सिको सिटी — घरेलु टोली मेक्सिकोले विश्वकप २०२६ को उद्घाटन खेलमा मध्यान्तरसम्म १–० गोलको अग्रता लिएको छ ।
एजेडटेका रंगशालामा ८० हजार दर्शक सामु मेक्सिकोका जुलियन क्विनोनेज विश्वकप २०२६ मा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले मेक्सिकोलाई नवौं मिनेटमा अग्रता दिलाएका थिए । दक्षिण अफ्रिकाका गोलरक्षक रोनवेन विलियम्सले दिएको बललाई रक्षकले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाएको थियो र इरिक लिराले दिएको पासमा क्विनोनेजले दक्षिण अफ्रिकी गोलरक्षकको खुट्टा मुनीबाट गोल गरेका थिए ।
अमेरिकी र क्यानडासँगै विश्वकप आयोजना गरिरहेको मेक्सिकोलाई घरेलु मैदानमा समर्थन गर्न ठूलो संख्यामा दर्शकहरु रंगशाला आएका छन् ।
चौथो मिनेटमा नै मेक्सिकोका राउल हिमिनेजले गरेको प्रहारलाई दक्षिण अफ्रिकाका गोलरक्षक रोनवेन विलियम्सले उत्कृष्ट बचाउ गरेका थिए । मेक्सिकोले त्यसबाहेक थुप्रै राम्रा अवसरमा गोल गर्न चुकेको छ ।
