दक्षिण अफ्रिकाका गोलरक्षक रोनवेन विलियम्सले दिएको बललाई रक्षकले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाएको हो ।
मेक्सिको सिटी — मेक्सिकोका जुलियन क्विनोनेज विश्वकप २०२६ मा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले बिहीबार राति उद्घाटन खेलमा दक्षिण अफ्रिकाविरुद्ध नवौं मिनेटमा गोल गरेका हुन् ।
दक्षिण अफ्रिकाका गोलरक्षक रोनवेन विलियम्सले दिएको बललाई रक्षकले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाएको थियो र इरिक लिराले दिएको पासमा क्विनोनेजले दक्षिण अफ्रिकी गोलरक्षकको खुट्टामुनिबाट गोल गरेका थिए ।
अमेरिकी र क्यानडासँगै विश्वकप आयोजना गरिरहेको मेक्सिकोलाई घरेलु मैदानमा समर्थन गर्न ठूलो संख्यामा दर्शकहरू रंगशाला आएका छन् ।
चौथो मिनेटमा नै मेक्सिकोका राउल हिमिनेजले गरेको प्रहारलाई दक्षिण अफ्रिकाका गोलरक्षक रोनवेन विलियम्सले उत्कृष्ट बचाउ गरेका थिए ।
