Live

दक्षिण अफ्रिकाविरूद्ध मेक्सिकोको सानदार जित

मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध २–० गोल अन्तरको सानदार जित हासिल गरेको छ ।

जेष्ठ २९, २०८३

कान्तिपुर संवाददाता

Mexico's stunning win over South Africa

13 Updates

(02:54 AM)

मेक्सिकोद्वारा उद्घाटनमा खेलमा दक्षिण अफ्रिका पराजित

घरेलु टोली मेक्सिकोले विश्वकप २०२६ को उद्घाटन खेलमा बिहीबार दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराजित गरेको छ । सन् १९८६ मा पछिल्लो पटक विश्वकप आयोजक बन्दा क्वार्टरफाइनल पुगेको मेक्सिको पहिलो खेलमा विजय हात पारेपछि त्यही गन्त्वयतर्फ लम्केको छ । 

Mexico defeats South Africa in opening match

(02:50 AM)

मेक्सिकोको सानदार जित

मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध २–० गोल अन्तरको सानदार जित हासिल गरेको छ ।एजटेकाका रंगशालामा ८० हजार दर्शक सामु मेक्सिकोका जुलियन क्विनोनेज विश्वकप २०२६ मा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । उनले मेक्सिकोलाई नवौं मिनेटमा अग्रता दिलाएका थिए ।मेक्सिकोका लागि ३५ वर्षीय राउल हिमिनेजले दोस्रो गोल गरेका हुन् । खेलको ६७ औं मिनेटमा उनले रोबर्टो अल्भारडोको उत्कृष्ट क्रसमा हेड गोल गरेका थिए ।

(02:49 AM)

दक्षिण अफ्रिका ९ खेलाडीमा सीमित

याया सिथोले र थेम्बा ज्वानेले  रातो कार्ड पाएसँगै दक्षिण अफ्रिका ९ खेलाडीमा सीमित भएको छ ।

मेक्सिकोका ब्रायन गुटिरेजले एक्लै अगाडि बढाएको बलमा पेनाल्टी बक्स बाहिर लास्ट म्यानको रूपमा रहेका सिथोलेले लडाएपछि उनलाई सिधै रातो कार्ड दिइएको हो ।

मेक्सिकोसँगको खेलमा रातो कार्ड पाउने दोस्रो खेलाडी बनेका ज्वानेलाई भीएआरको सहयोगमा रेफ्रीले विपक्षी टोलीका खेलाडीलाई हातले प्रहार गरेको कारण ८४ औं मिनेटमा रातो कार्ड दिएका हुन् ।

(02:45 AM)

मेक्सिकोका सेजार मोन्टेजलाई रातो कार्ड

आयोजक मेक्सिकोले पनि आफ्ना एक खेलाडी गुमाएको छ । इन्जुरी टाइमको पहिलो मिनेटमा सेजार मोन्टेजलाई विपक्षी खेलाडीले गोल गर्ने अवसरलाई बाधक बनाएको कारण सिधा रातो कार्ड दिइएको थियो । यससँगै खेलमा हालसम्म तीन वटा रातो कार्ड जारी भएका छन् ।

(02:36 AM)

दक्षिण अफ्रिकाका थेम्बा ज्वानेलाई दोस्रो रातो कार्ड

दक्षिण अफ्रिकाका थेम्बा ज्वाने मेक्सिकोसँगको खेलमा रातो कार्ड पाउने दोस्रो खेलाडी बनेका छन् । उनलाई भीएआरको सहयोगमा रेफ्रीले विपक्षी टोलीका खेलाडीलाई हातले प्रहार गरेको कारण ८४ औं मिनेटमा रातो कार्ड दिइएको हो ।

(02:19 AM)

मेक्सिकोका लागि राउल हिमिनेजको दोस्रो गोल

मेक्सिकोका लागि ३५ वर्षीय राउल हिमिनेजले दोस्रो गोल गरेका छन् । खेलको ६७ औं मिनेटमा उनले रोबर्टो अल्भारडोको उत्कृष्ट क्रसमा हेड गोल गरेका थिए ।

(02:07 AM)

याया सिथोलेलाई रातो कार्ड

याया सिथोलेले रातो कार्ड पाएपछि दक्षिण अफ्रिका ५० औं मिनेटमा १० खेलाडीमा खुम्चिएको छ । मेक्सिकाका ब्रायन गुटिरेजले एक्लै अगाडि बढाएको बलमा पेनाल्टी बक्सबाहिर लास्ट म्यानको रूपमा रहेका सिथोलेले लडाएपछि उनलाई सिधै रातो कार्ड दिइएको हो ।

Red card for Yaya Sithole
तस्बिर : एपी ।

(01:19 AM)

मेक्सिकोका जुलियन क्विनोनेज विश्वकप २०२६ मा गोल गर्ने पहिलो खेलाडी

मेक्सिकोका जुलियन क्विनोनेज विश्वकप २०२६ मा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले बिहीबार राति उद्घाटन खेलमा दक्षिण अफ्रिकाविरुद्ध नवौं मिनेटमा गोल गरेका हुन् ।

दक्षिण अफ्रिकाका गोलरक्षक रोनवेन विलियम्सले दिएको बललाई रक्षकले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाएको थियो र इरिक लिराले दिएको पासमा क्विनोनेजले दक्षिण अफ्रिकी गोलरक्षकको खुट्टामुनिबाट गोल गरेका थिए ।

अमेरिकी र क्यानडासँगै विश्वकप आयोजना गरिरहेको मेक्सिकोलाई घरेलु मैदानमा समर्थन गर्न ठूलो संख्यामा दर्शकहरू रंगशाला आएका छन् । 

चौथो मिनेटमा नै मेक्सिकोका राउल हिमिनेजले गरेको प्रहारलाई दक्षिण अफ्रिकाका गोलरक्षक रोनवेन विलियम्सले उत्कृष्ट बचाउ गरेका थिए ।

Mexico's Julian Quinonez becomes first player to score at World Cup 2026

(01:00 AM)

मेक्सिकोको पहिलो गोल

मेक्सिकोले विश्वकप २०२६ मा पहिलो गोल गरेको छ । मेक्सिकोका जुलियन क्विनोनेज विश्वकप २०२६ मा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले बिहीबार राति उद्घाटन खेलमा दक्षिण अफ्रिकाविरुद्ध नवौं मिनेटमा गोल गरेका हुन् ।

A goal for Mexico

(12:54 AM)

सन् २०१० मा पनि भिडेका थिए दक्षिण अफ्रिका र मेक्सिको

सन् २०१० को फुटबल विश्वकपमा पनि दक्षिण अफ्रिका र मेक्सिकोबीच पहिलो खेल भएको थियो । त्यो खेल १–१ को बराबरीमा टुंगिएको थियो । उक्त खेल दक्षिण अफ्रिकाको जोहानसबर्गमा भएको थियो ।

South Africa and Mexico also faced each other in 2010.

(12:53 AM)

फिफा विश्वकपमा पहिलो पटक ४८ राष्ट्र सहभागी हुँदै

पहिलो पटक ४८ राष्ट्र सहभागी हुने यो प्रतियोगिता उत्तर अमेरिकाका ३ देश संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ । ती देशका १६ वटा सहरका रंगशालामा विश्वकप फुटबलका  १ सय ४ खेल खेलिनेछन् । बिहीबार राती पौने १ बजे सुरु हुने उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दै छ । 

For the first time, 48 nations are participating in the FIFA World Cup

(12:50 AM)

काठमाडौंमा विश्वकप फुटबलको उत्साह बढ्दो

विश्वकप सुरु भएसँगै काठमाडौंमा फुटबलको उत्साह बढेको छ । 

विश्वकपका खेलहरू ७ समुन्द्र पारि हुने भए पनि काठमाडौंका सडक, क्लब, रेस्टुरेन्ट, लाउन्ज र सार्वजनिक स्थलहरूमा ठूल्ठूला पर्दामा विश्वकप फुटबल हेर्नेहरूको भीड लागेको छ  । 

World Cup football excitement growing in Kathmandu
विश्वकपको पूर्वसन्ध्यामा काठमाडौंको कालिमाटीस्थित एक स्पोर्ट्स पसलमा जर्सी, झन्डा तथा मेडलका नमुना खरिद गर्दै खेलप्रेमी । तस्बिर : सुरज कुँवर/कान्तिपुर

(12:33 AM)

फिफा विश्वकप २०२६ को भव्य उद्घाटन सम्पन्न

फुटबलको कुम्भमेला ‘फिफा विश्वकप २०२६’ मेक्सिकोस्थित स्टाडियो एजटेका रङ्गशालामा भव्य उद्घाटन समारोह सम्पन्न भएको छ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपको औपचारिक सुरुवातसँगै विश्वका फुटबल समर्थकको ध्यान अहिले मेक्सिकोमा केन्द्रित भएको छ ।

उद्घाटन समारोहमा कलाकारहरूले सुनौलो पोसाकमा सजिएर रङ्गीचङ्गी कला प्रस्तुत गरेका थिए । दर्शकको हुटिङ र उत्साहले रङ्गशालाको माहोल रोमाञ्चक र चित्ताकर्षक बनेको थियो ।

The grand opening of the FIFA World Cup 2026 has been completed.

कान्तिपुर

Link copied successfully