क्रिस्टियानो वा रोनाल्डो नामका बच्चा पनि २ सय २० छन् । ब्राजिलमै पनि धेरै बच्चाको नाम नेयमर छ ।
What you should know
क्विटो — नाममा के छ ? के यो विजेताप्रति सम्मान हो वा महानतालाई पछ्याउने प्रवृत्ति ? विश्वकप फुटबल जतिबेला टुंगिनेछ, त्यतिबेला यस प्रतियोगितामा चम्कने खेलाडीको नाम पछ्याउनेहरू धेरै हुनेछन् । यस्तोमा दक्षिण अमेरिकामा अब जन्मने बच्चाहरूको नाम लामिन (यमल, स्पेन), ओसमन (डेम्बेले, फ्रान्स), ह्यारी (केन, इंग्ल्यान्ड) वा भिटिन्हा (पोर्चुगल) हुनसक्ने सम्भावना धेरै छ । किनभने हुनसक्छ, यही नामका खेलाडीहरू यसपालिको विश्वकपमा चम्कने छन् ।
इक्वडेरले यसपालि पाँचौंपल्ट विश्वकप खेल्दै छ । इक्वडेरको टिमका अहिलेका सबैभन्दा ठूला स्टार हुन्, केन्ड्री पेइज र विलियन पाचो । तर उनीहरूको नाम खासै लोकप्रिय छैन । बरू यो देशमा पछिल्लो समय नेयमर नामका ३ हजार ८ सय ४७ बच्चा जन्मेका छन् । ब्राजिली खेलाडी नेयमर सम्भवतः अन्तिम पटक विश्वकप खेल्दै छन् । यो पाँचौं अवसर हुनेछ ।
त्यसपछि फ्रान्सेली स्टार केलियन एमबाप्पे आउँछन् । सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा उनी प्रमुख खेलाडी थिए । त्यसपछि के चाहियो र ? इक्वेडरमा २ हजार ८ सय त्यस्ता बच्चा छन्, जसको नाम केलियन रहेको छ । त्यसपछि जेम्स नामका बच्चा २ हजार १ सय ३६ छन् । यो जेम्स रोड्रिग्वेजको सम्मानमा रहेको हो । इक्वेडरमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको नाम पछ्याउने पनि उत्तिकै धेरै छन् ।
यसको कारण हो, इक्वडेरका धेरै जनसंख्याको कुनै पनि कुनै सम्बन्ध युरोपेली पूर्वजसँग रहेको छ । यस्तोमा लियोनल नामका १ सय ५ सय ४९ बच्चा छन् भने मेसी नामका बच्चा ३८ छन् । यस्तै १ सय ७८ क्रिस्टियानो र १ हजार ६ रोनाल्डो नामका बच्चा छन् । कोलम्बियामा पनि ८ सय ३६ बच्चाको नाम केलियन या एमबाप्पे छ । यस्तै नेयमर नामका बच्चा २ सय ६९ छन् ।
क्रिस्टियानो वा रोनाल्डो नामका बच्चा पनि २ सय २० छन् । ब्राजिलमै पनि धेरै बच्चाको नाम नेयमर छ । सन् २०२२ को जनगणनामा २ हजार ४ सय ४३ नयाँ जन्मेका बच्चाको नाम नेयमर राखिएको पाइएको थियो । कीर्तिमान पाँचपल्टको विजेता ब्राजिलमा केलियन वा किलिन नामका बच्चा पनि थोरैमा पनि ४ सय छन् । अर्जेन्टिनामा मेसी नाम लोकप्रिय हुने नै भयो ।
कतारमा भएको विश्वकप मेसीकै नेतृत्वमा अर्जेन्टिनाले जितेको थियो । सन् २०२२ मा विश्वकप चलिरहेका बेला जन्मेका एक बच्चाको नाम चिलीमा राखिएको रहेछ, ग्रिजमन एमबाप्पे । यो एन्टोइन ग्रिजमन र एमबाप्पेको नाम मिश्रण गरेर राखिएको हो । ती ग्रिजमन एमबाप्पेको पछि भाइ पनि भएको रहेछ । उनको नाम राखिएको थियो, जेम्स मोड्रिच । यो भने जेम्स रोड्रिग्वेज र लुका मोड्रिचको नामबाट जुराइएको हो ।
