Live

एनपीएल : सुदूरपश्चिम रोयल्स vs जनकपुर बोल्ट्स [LIVE]

एनपीएल लाइभ अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला

मंसिर १३, २०८२

कान्तिपुर संवाददाता

NPL: Sudurpaschim Royals vs Janakpur Bolts [LIVE]

77 Updates

(07:10 PM)

सुदूरपश्चिम प्लेअफमा पुग्ने पहिलो टोली

सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । सुदूरपश्चिमले शनिबारको दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै प्लेअफको यात्रा निश्चित गरेको हो ।

First team to reach Sudurpaschim playoffs

(06:58 PM)

सानका साथ जित्यो सुदूरपश्चिमले

जनकपुरले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७ दशमलव ४ ओभरमा १४८ रन बनाउँदै सानका साथ जित दर्ज गरेको छ । 

(06:56 PM)

हरमित सिंहद्वारा ३ छक्का

हरमित सिंहले ललित राजव‌ंशीको ४ बलमा ३ छक्का हानेका छन् ।

(06:52 PM)

सुदूरपश्चिम १७ ओभरमा १३० रन

सुदूरपश्चिमले १७ ओभरको समाप्तीमा १३० रन जोडेको छ ।

(06:50 PM)

सुदूरपश्चिमलाई जितका लागि १९ बलमा १८ रन आवश्यक

सुदूरपश्चिमलाई जितका लागि १९ बलमा १८ रन आवश्यक छ । उसका लागि ६ ब्याट्सम्यान अविजित छन् ।

(06:48 PM)

सुदूरपश्चिमका लागि हरमित र दीपेन्द्रको जोडी क्रिजमा

सुदूरपश्चिमका लागि हरमित सिंह र दीपेन्द्र सिंह ऐरीको जोडी क्रिजमा छ ।

(06:46 PM)

सुदूरपश्चिम १६ ओभरमा ११६ रन

सुदूरपश्चिमले १६ ओभरको समाप्तीमा ४ विकेट गुमाउँदै ११६ रन बनाएको छ ।

(06:45 PM)

इशान पाण्डे ५६ रन बनाएर आउट भएका छन् ।

(06:45 PM)

इशानद्वारा लगातार ३ चौका

इशान पाण्डेले आदित्य महताको दोस्रो ओभरको ३ बलमा लगातार ३ चौका प्रहार गरेका छन् ।

(06:43 PM)

इशान पाण्डेले बनाएर अर्धशतक

सुदूरपश्चिमका ब्याट्सम्यान इशान पाण्डेले ३३ बलको सामना गर्दै ५२ रन बनाएका छन् । 

(06:41 PM)

सुदूरपश्चिम १५ ओभरमा १०३ रन

सुदूरपश्चिमले १५ ओभरको समाप्तीमा १०३ रन जोड्दा ३ विकेट गुमाएको छ ।

(06:40 PM)

सुदूरपश्चिमको १०० रन पूरा

सुदूरपश्चिमले १४ दशमलव ४ ओभरमा १०० रन पूरा गरेको छ । 

(06:36 PM)

सुदूरपश्चिमका कप्तान क्रिजमा

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी क्रिजमा आएका छन् । 

(06:35 PM)

विनोद भण्डारी आउट

विनोद भण्डारी ४२ रन बनाएर आउट भएका छन् । 

(06:34 PM)

सुदूरपश्चिमका दुवै ब्याटर समान स्कोरमा

सुदूरपश्चिमका दुवै ब्याट्सम्यानले समान ४२/४२ रन बनाएका छन् 

(06:30 PM)

सुदूरपश्चिम १३ ओभरमा ८७ रन

सुदूरपश्चिमले १३ ओभरको समाप्तीमा ८७ रन जोडेको छ ।

(06:29 PM)

सुदूरपश्चिमलाई जितका लागि ४३ बलमा ६० रन आवश्यक

 जनकपुरले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको सुदूरपश्चिमलाई अब जितका लागि ४३ बलमा ६० रन आवश्यक छ । विनोद भण्डारी र इशान पाण्डेको जोडी क्रिजमा ।

Sudurpaschim need 60 runs off 43 balls to win

(06:24 PM)

सुदूरपश्चिम १२ ओभरमा ७९ रन

सुदूरपश्चिमले १२ ओभरको समाप्तीमा ७९ रन जोडेको छ ।

(06:23 PM)

तेस्रो विकेटका लागि ६४ रनको साझेदारी

तेस्रो विकेटका लागि विनोद भण्डारी र इशान पाण्डेले ६४ रनको साझेदारी गरेका छन् ।

(06:21 PM)

आदित्य महता बलिङमा

जनकपुरका लागि आदित्य महता बलिङमा आएका छन् । 

(06:20 PM)

सुदूरपश्चिम ११ ओभरमा ६९ रन

सुदूरपश्चिमले ११ ओभरको समाप्तीमा ६९ रन जोडेको छ ।

(06:18 PM)

११ औं ओभर लिएर रुपेश सिंह बलिङमा

जनकपुर बोल्ट्सका क्याप्टेन वायन पार्नेलले ११ औं ओभर रुपेश सिंहलाई दिएका छन् ।

(06:12 PM)

सुदूरपश्चिम १० ओभरमा ६३ रन

सुदूरपश्चिमले १० ओभरको समाप्तीमा २ विकेट गुमाउँदै ६३ रन जोडेको छ ।

(06:11 PM)

सुदूरपश्चिम ९ ओभरमा ५७ रन

सुदूरपश्चिमले ९ ओभरको समाप्तीमा ५७ रन जोडेको छ । विनोद भण्डारी र इशान पाण्डेको जोडी क्रिजमा छ ।

Far West 57 runs in 9 overs

(06:08 PM)

पछिल्लो ५ ओभरमा सुदूरपश्चिमले जोड्यो ३९ रन

सुदूरपश्चिमले पछिल्लो ५ ओभरमा विना विकेट क्षति ३९ रन जोडेको छ । 

(06:04 PM)

सुदूरपश्चिमको ५० रन पूरा

सुदूरपश्चिमले ८ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै ५० रन जोडेको छ ।

(06:01 PM)

सुदूरपश्चिम ७ ओभरमा ४५ रन

सुदूरपश्चिमले ७ ओभरको समाप्तीमा ४५ रन जोडेको छ । 

Sudurpaschim 45 runs in 7 overs

(05:55 PM)

पावरप्लेमा सुदूरपश्चिम २ विकेट गुमाउँदै ३१ रन

सुदूरपश्चिमले जनकपुरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा ६ ओभरको पावरप्लेमा २ विकेट गुमाउँदै ३१ रन जोडेको छ ।

(05:53 PM)

सुदूरपश्चिम ५ ओभरमा २८ रन

सुदूरपश्चिमले ५ ओभरको समाप्तीमा २८ रन बनाएको छ ।

(05:52 PM)

इशान पाण्डेले लगाए लगातार २ चौका

सुदूरपश्चिमका इशान पाण्डेले जनकपुरका बलर माजा सड्क्विटको बलमा लगातार २ चौका प्रहार गरेका छन् ।

(05:47 PM)

सुदूरपश्चिम ४ ओभरमा १८ रन

सुदूरपश्चिमले ४ ओभरको समाप्तीमा १८ रन जोडेको छ ।

(05:46 PM)

सुदूरपश्चिमका लागि विनोद र इशानको जोडी क्रिजमा

सुदूरपश्चिमका लागि विनोद  भण्डारी र इशान पाण्डेको जोडी क्रिजमा छ । 

(05:44 PM)

सुदूरपश्चिम ३ ओभरमा ११ रन

सुदूरपश्चिमले ३ ओभरको समाप्तीमा ११ रन जोड्दा २ विकेट गुमाएको छ ।

(05:43 PM)

विनोद भण्डारीले लगाइदिए छक्का

सुदूरपश्चिमका ब्याट्सम्यान विनोद भण्डारीले माजा सड्क्विटको बलमा छक्का प्रहार गरेका छन् ।

(05:40 PM)

सुदूरपश्चिम २ ओभरमा ३ रन

सुदूरपश्चिमले २ ओभरको समाप्तीमा ३ रन जोड्दा आफ्ना मुख्य २ ब्याट्सम्यान गुमाएको छ ।

(05:39 PM)

सुदूरपश्चिमले दोस्रो ओभरको तेस्रो बलमा क्रिस लेनलाई गुमाएको छ । क्रिस ५ बलमा १ रन बनाएर आउट भएका हुन् । सञ्जय कृष्णमूर्तिको बलिङमा उनी क्याचआउट भएका हुन् ।

(05:36 PM)

सुदूरपश्चिम १ ओभरमा १ रन

सुदूरपश्चिमले १ ओभरमा १ रन जोड्दा १ विकेट गुमाएको छ ।

(05:35 PM)

जोस ब्राउन बोल्ड

माजा सड्क्विटको बलमा जोस ब्राउन बोल्ड आउट भएका हुन् ।

(05:33 PM)

सुदूरपश्चिमले पहिलो बलमै गुमायो विकेट

सुदूरपश्चिमले खाता नै नखोली विकेट गुमाएको छ ।

(05:33 PM)

सुदूरपश्चिम ब्याटिङमा

सुदूरपश्चिम १४६ रनको चुनौती पछ्याउँदै ब्याटिङ उत्रिएको छ ।

(05:17 PM)

सुदूरपश्चिमले पायो १४६ रनको चुनौती

जनकपुरले बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन जोडेको छ ।

Sudurpaschim gets a 146-run challenge

(05:13 PM)

जनकपुरका क्याप्टेनले हाने छक्का

दक्षिण अफ्रिकाका पूर्व अलराउन्डर वायन पार्नेलले अविनाश बोहराको २० ओैं ओभरको पहिलो बलमा छक्का प्रहार गरेका छन् ।

(05:11 PM)

जनकपुर १९ ओभरमा १३७ रन

जनकपुरले १९ ओभरको समाप्तीमा ७ विकेट गुमाउँदै १३७ रन जोडेको छ ।

(05:10 PM)

आदित्य महता आउट

जनकपुरका ब्याट्सम्यान आदित्य महता १३ बलमा १५ रन बनाएर आउट भएका हुन् ।

(05:07 PM)

अविनाश बोहराले लगातार बलमा २ विकेट लिएका छन् । व्यक्तिगत तेस्रो ओभरको दोस्रो बलमा सञ्जयलाई आउट गरेका उनले तेस्रो बलमा सुधा कंसाकारका आरिफ सेखको हातबाट क्याचआउट गराएका हुन् । 

Bracketed out

(05:03 PM)

जनकपुरका सञ्जय कृष्णमूर्ति अविनाश बोहराको बलमा बोल्ड आउट भएका छन् । उनी ५० रनको व्यक्तिगत स्कोरमा आउट भएका हुन् । 

(05:01 PM)

पाँचौं विकेटका लागि ५३ रनको साझेदारी

जनकपुरको पाँचौं विकेटका लागि २८ बलमा सञ्जय कृष्णमूर्ति र आदित्य महताको जोडीले ५३ रनको साझेदारी गरेको छ । 

53-run partnership for the fifth wicket

(04:59 PM)

जनकपुरका सञ्जय कृष्णमूर्तिले बनाए अर्धशतक

जनकपुरका सञ्जय कृष्णमूर्तिले ३७ बलमा अर्धशतक पूरा गरेका छन् ।

Janakpur's Sanjay Krishnamurthy scored a half-century.

(04:56 PM)

जनकपुर १६ ओभरमा १२० रन

जनकपुरले १६ ओभरको समाप्तीमा १२० रन जोडेको छ ।

(04:53 PM)

जनकपुर १५ ओभरमा ११२ रन

जनकपुरले १५ ओभरको समाप्तीमा ११२ रन जोडेको छ ।

(04:52 PM)

दीपेन्द्र सिंह ऐरीले एकै ओभरमा दिए २० रन

दीपेन्द्र सिंह ऐरीको तेस्रो ओभरमा  जनकपुरले २० रन बटुलेको छ ।

Dipendra Singh Airi gave away 20 runs in one over.

(04:50 PM)

जनकपुरको १०० रन पूरा

जनकपुरले  १४ दशमलव ३ ओभरमा १०२ रन बनाएको छ ।

(04:49 PM)

जनकपुर १४ ओभरमा ९२ रन

जनकपुरले १४ ओभरको समाप्तीमा ९२ रन जोडेको छ ।

(04:45 PM)

हरमित सिंह आफ्नो चौथो ओभर लिएर

सुदूरपश्चिम रोयल्सका हरमित सिंह आफ्नो चौथो ओभर र टिमको चौधौं ओभर लिएर  आएका छन् ।

Harmeet Singh with his fourth over

(04:43 PM)

जनकपुर १३ ओभरमा ८० रन

जनकपुर बोल्ट्सले १३ ओभरको समाप्तीमा ४ विकेट गुमाउँदै ८० रन बनाएको छ ।

Janakpur 80 runs in 13 overs

(04:40 PM)

जनकपुरले चौथो विकेटका रुपमा जन निकोल लफ्टी इटनलाई गुमाएको छ । उनले ३३ बलमा २ चौका र २ छक्काको मद्दतमा ३९ रन जोडेका थिए । 

Jan Nicholl out

(04:32 PM)

जनकपुर ११ ओभरमा ६३ रन

 जनकपुरले ११ ओभरको समाप्तीमा ६३ रन जोडेको छ ।

Janakpur 63 runs in 11 overs

(04:26 PM)

जनकपुर १० ओभरमा ५५ रन

सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको जनकपुरले १० ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै ५५ रन जोडेको छ ।

(04:24 PM)

हरमित सिंहले ३ ओभरमा दिए १२ रन मात्रै

सुदूरपश्चिम रोयल्सका हरमित सिंहले ३ ओभरमा १२ रन मात्रै दिएका छन् ।

(04:22 PM)

हरमित सिंह व्यक्तिगत तेस्रो ओभर लिएर

सुदूरपश्चिम रोयल्सका लागि हरमित सिंह व्यक्तिगत तेस्रो ओभर लिएर बलिङमा आएका छन् ।

(04:20 PM)

जनकपुरको ५० रन पूरा

जनकपुर बोल्ट्सले ९ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै ५० रन जोडेको छ ।

(04:19 PM)

दबाबमा जनकपुर, ८ ओभरमा ४२ रन

जनकपुर दबाबमा देखिएको छ । उसले ८ ओभरमा ४२ रन मात्रै जोड्न सफल भएको छ ।

(04:17 PM)

हरमित सिंहले दोस्रो ओभरमा दिए २ रन

हरमित सिंहले व्यक्तिगत दोस्रो ओभरमा २ रन मात्रै दिएका छन् ।

(04:15 PM)

जनकपुर ७ ओभरमा ४० रन

जनकपुरले ७ ओभरको समाप्तीमा ४० रन जोडेको छ ।

(04:14 PM)

पावरप्लेमा गुमायो ३ विकेट

जनकपुरले ६ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै ३५ रन जोडेको छ ।

(04:12 PM)

ऐरीको सानदार बलिङ, दोस्रो ओभरमा ३ रन दिएर विकेट

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले सानदार बलिङ गरेका छन् । उनले दोस्रो ओभरमा ३ रन दिएर विकेट लिएका हुन् । 

(04:10 PM)

जनकपुरले गुमायो तेस्रो विकेट

जनकपुरले तेस्रो विकेट ‍गुमाएको छ । 

(04:05 PM)

जनकपुर ५ ओभरमा ३२ रन

जनकपुरले ५ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै ३२ रन जोडेको छ ।

(04:02 PM)

जनकपुर ४ ओभरमा २१ रन

जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ४ ओभरको समाप्तीमा २१ रन जोडेको छ ।

(03:57 PM)

जनकपुर ३ ओभरमा १४ रन

जनकपुरले ३ ओभरमा १४ रन जोड्दा आफ्नो प्रमुख २ ब्याट्सम्यान गुमाइसकेको छ ।

(03:55 PM)

जनकपुरले ११ रनमै गुमायो दोस्रो विकेट

जनकपुरले ११ रन जोड्दा २ विकेट गुमाएको छ ।

(03:54 PM)

मयन यादव तेस्रो ओभरको दोस्रो बलमा एलबीडब्लू आउट भएका छन् । उनले १० बलमा ६ रन मात्रै जोडेका थिए ।

(03:52 PM)

जनकपुर २ ओभरमा ११ रन

जनकपुरले २ ओभरमा ११ रन जोड्दा १ विकेट गुमाएको छ ।

(03:51 PM)

आशिफ सेख शून्यमै आउट

आशिफ सेख शून्यमै आउट भएका छन् ।

(03:51 PM)

जनकपुरले पहिलो ओभरमै गुमायो विकेट

जनकपुरले पहिलो ओभरमै विकेट गुमाएको छ ।

(03:48 PM)

टस जितेर जनकपुरले गर्‍यो ब्याटिङको निर्णय

दक्षिण अफ्रिकाका पूर्व अलराउन्डर वायन पार्नेलले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार जनकपुर बोल्ट्सको कप्तानी गरेका छन् । त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा उनले टस जितेर ब्याटिङको निर्णय गरेका छन् ।

(03:47 PM)

जनकपुरद्वारा कप्तान परिवर्तन

दक्षिण अफ्रिकाका पूर्व अलराउन्डर वायन पार्नेलले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार जनकपुर बोल्ट्सको कप्तानी गरेका छन् । नियमित कप्तान अनिल साहको कमजोर फर्म रहेका कारण जनकपुरले बोल्ड निर्णय गरेको हो । अनिल जनकपुरको प्लेयिङ टोलीमा पनि छैनन् । उनको स्थानमा आदित्य महतालाई ल्याइएको छ ।

कान्तिपुर

Link copied successfully