सन्दीप जोराले अन्तिम ओभरमा १० रन प्रहार गरेपछि लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि ३ विकेटको विजय हात पार्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ ।
काठमाडौँ — अन्तिम ओभरको रोमाञ्चक मोडमा सन्दीप जोराले १० रन प्रहार गरेपछि लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि ३ विकेटको जित निकाल्दै एनपीएलको प्लेअफ सम्भावना जोगाएको छ । १ सय ५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई अन्तिम ओभरमा १० रन चाहिएको थियो ।
![Lumbini's second win, Pokhara's third loss [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplpokharavslumbini-1-29112025100748-1000x0.jpg&w=1001&h=0)