अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।
१ सय ४० रनको लक्ष्य पछ्याएको कर्णालीलाई सुरुदेखि नै सुदूरपश्चिमले दबाबमा राखेको छ ।
सुदूरपश्चिमबाट दीपेन्द्र सिंह ऐरीले तीन ओभर बलिङ गर्दा २१ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका छन् । ६ ओभरभित्र केवल ३३ रन बटुल्ने क्रममा कर्णालीले ४ विकेट गुमाइसकेको छ ।
सुदूरपश्चिमले ९ विकेट गुमाएर कर्णाली याक्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ ।
सुदूरपश्चिमबाट कप्तान दीपेन्द्र सिंह ऐरीले ३९ र आरिफ शेखले २७ रन बनाए ।
कर्णालीबाट सोमपाल कामीले एक मेडन राख्दै ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्ने क्रममा ३२ रन दिए । त्यसैगरी नन्दन यादवले २ विकेट तथा मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक-एक विकेट लिए ।


