त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले १ सय ४३ रनको लक्ष्य ९ बल अगावै पूरा गर्दै चितवनविरुद्ध पहिलो खेलमा सानदार जित हात पारेको छ।
What you should know
काठमाडौँ — लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुआत गरेको छ । लायन्सले बिहीबारको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्यो ।
लुम्बिनीले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा १ सय ४३ रनको लक्ष्य ९ बल अगाडि १ सय ४६ रन बनाउदै पूरा गर्यो । लुम्बिनीले पहिलो खेलमै विजय हात पारेको हो । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो ।
गत वर्ष पुछारमा रहेको लुम्बिनीले लिग चरणमा ७ मध्येको ६ खेल हारेको थियो । तर चितवनसँगको खेलमा लुम्बिनी ३३ रनले विजयी भएको थियो । लुम्बिनीले जितेको सो एकमात्र खेलमा कप्तान रोहित पौडेलले ५७ बलमा ८० रन बनाउनुका साथै ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिएका थिए ।
बिहीबारको खेलमा पनि चितवनले त्यसैलाई निरन्तरता दियो । रोहितले गुलबदिन नैबसँग चौथो विकेटमा ४१ बलमा ६० रनको साझेदारी गरी चितवनलाई आरामदायी विजय दिलाए । रोहितले ४४ बल खेली १ चौका प्रहार गर्दै ३९ रन बनाए ।
नैबले ४४ रनको अविजित इनिङ्स खेले । उनले २४ बल खेलि समान ३ चौका र छक्काका साथ ४४ रन बनाए । जेजे स्मिट ४ रनमा अविजित रहे । उनले विजयी रन चौका प्रहार गर्दै बटुलेका थिए । चितवनका रिजन ढकालले ३ ओभरमा १७ रन खर्चेर २ र सोहेल तान्बिरले १ विकेट लिए ।
रिजनले लुम्बिनीका दुवै ओपनरलाई आउट गरेका थिए । डी’आर शट समान १ छक्का र चौका प्रहार गर्दै ११, सन्दीप जोरा १८ बलमा ४ चौका प्रहार गर्दै २८ रनमा आउट भए । दीलिप नाथ तेस्रो रन लिने प्रयासमा १० रनमा रनआउट भए ।
