खेलकुद
एनपीएल अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।
कान्तिपुर संवाददाता
26
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
48 Updates
चितवन राइनोजमाथि लुम्बिनी लायन्सले सानदार जित निकालेको छ । १८ दशमलव ३ ओभरमा चितवनले दिएको १ सय ४३ रनको लक्ष्य लुम्बिनीले ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल ३९ रन बनाएर आउट भएका छन् । उनले ४४ बलको सामना गरेका थिए ।
लुम्बिनीले जोड्यो १७ ओभरमा १३९ रन ।
लुम्बिनीलाई अब जितका लागि २० बलमा १२ रन आवश्यक छ ।
लुम्बिनी लायन्सले अन्तिम ५ ओभरमा विना विकेट क्षति ३७ रन जोडेको छ ।
चितवन राइनोजका लागि व्यक्तिगत तेस्रो र टिमका लागि १६ औं ओभर लिएर सोहेल तान्बिर बलिङमा आएका हुन् ।
तीन विकेट गुमाएको लुम्बिनी लायन्सन्सका कप्तान रोहित पौडेल र गुल्बदिन नैब क्रिजमा । जितका लागि ३० बलमा २६ रन आवश्यक
कुशल मल्लले आफ्नो ४ ओभरको स्पेलमा १६ रन मात्रै खर्चिएका छन् ।
चितवन राइनोजका कप्तान कुशल मल्लद्वारा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेललाई बलिङ ।
आफ्नो व्यक्तिगत दोस्रो ओभरमा १५ रन दिएका हुन्
लुम्बिनीले १२ दशमलव ४ ओभरमा १०३ रन बनाएको छ ।
लुम्बिनी लायन्सले १२ ओभरको समाप्तीमा तीन विकेट गुमाएर ९० रन जोडेको छ ।
कमल ऐरीको बलमा गुल्बदिन नैबले छक्का हानेका हुन् ।
लुम्बिनी लायन्सका दिलीप नाथ रनआउट भएका छन् ।
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको ब्याटबाट पहिलो बाउन्ड्री आएको छ ।
चितवन राइनोजले दिएका १ सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १० ओभरमा २ विकेटको क्षतिमा ७३ रन बनाएको छ ।
२० बलमा १५ रन बनाएर खेल्दै
आफ्नो तेस्रो र टिमका लागि नवौं ओभर लिएर सैफ जैब मैदानमा ।
चितवन राइनोजका कप्तान कुशल मल्लले आफ्नो पहिलो ओभरमा ३ रन मात्रै दिएका छन् ।
चितवनका लागि कुशल मल्ल बलिङमा आएका छन् ।
लुम्बिनी लायन्सले सात ओभरमा २ विकेट गुमाएर ५८ रन जोडेको छ ।
चितवन राइनोजका लागि सातौं र सैफ जैब आफ्नो दोस्रो ओभर लिएर मैदानमा ।
रिजन ढकालले चितवन राइनोजका तर्फबाट किफायती बलिङ गर्दै तीन ओभरमा १७ रन दिएर दुई विकेट लिएका हुन् ।
लुम्बिनी लायन्सका लागि दिलीप नाथ ब्याटिङमा आएका छन् ।
रिजन ढकालको बलिङमा कुशल मल्लले जोराको क्याच लिएका हुन् ।
लुम्बिनीका सन्दीप जाेरा आउट भएका छन् ।
लुम्बिनीले पाँच ओभरमा एक विकेट गुमाएर ४४ रन जोडेको छ ।
चितवन राइनोजका लागि सैफ जैब बलिङमा आएका छन् ।
आफ्नो पहिलो ओभरमा ६ रन दिएर एक विकेट लिएका रिजन ढकाल आफ्नो दोस्रो ओभर लिएर मैदानमा ।
लुम्बिनी लायन्सले तीन ओभरमा एक विकेट गुमाएर ३४ रन जोडेको छ ।
लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेल क्रिजमा ।
चितवनका लागि दोस्रो ओभर लिएर आएका रिजन ढकालले ओभरकाे अन्तिम बलमा डी’आरसी शर्टलाई आउट गरेका छन् ।
लुम्बिनीका डी’आरसी शर्ट बोल्ड आउट !
चितवन राइनोजका लागि सोहेल तान्बिरले गरेका थिए पहिलो ओभर । उनले १७ रन खर्चिए ।
डी’आरसी शर्ट र सन्दीप जाेरा ओपनिङ जोडी ।
चितवन राइनोजले दिएकाे १४३ रनको लक्ष्य पछ्याउँदै लुम्बिनी लायन्सका लागि ओपनिङ जोडी मैदानमा ।
चितवन राइनोजले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको छ ।
चितवनले लुम्बिनीलाई खेल जित्न १ सय ४३ रनको लक्ष्य दिएको छ ।
चितवनबाट रवि बोपाराले अर्धशतक प्रहार गरेका छन् ।
१४ ओभरको समाप्तिमा चितवनको ८० रन
१३ ओभरको समाप्तिमा चितवनको ७१ रन
१० ओभरको समाप्तिमा चितवनको ५१ रन
चितवन राइनोजले ९ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ४८ रन बनाएको छ । क्रिजमा रवि बोपरा र कुशल मल्ल क्रमशः १९ र २ रन बनाई खेलिरहेका छन् ।
चितवनले बनायो ७ ओभरमा ४१ रन
चितवन राइनोजले ४ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै १७ रन बनाएको छ । क्रिजमा रवि बोपरा र देव खनाल क्रमशः १ र ३ रन बनाइ खेलिरहेका छन् ।
चितवन राइनोजलाई दोस्रो झट्का । ३.२ ओभरमा चितवनले दोस्रो विकेट गुमाएको हो । दीपक बोहरा अगाडि बढेर खेल्न लाग्दा स्टम्प आउट हुन पुगे ।
चितवन राइनोजका ओपनर ब्याटर डेबिड मलानलाई लुम्बिनी लायन्सका रुबेन ट्रम्पलमनले बोल्ड गर्दै । तस्बिर :हेमन्त श्रेष्ठ/कान्तिपुर
दोस्रो ओभरको समाप्तिमा चितवनको ११ रन
कान्तिपुर