त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एनपीएलका दर्शक, समर्थकको उत्साह लोभलाग्दो छ ।
काठमाडौँ — कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण जारी छ । रंगशालामा दर्शक, समर्थकको उत्साह लोभलाग्दो छ । समर्थकहरु आफ्नो टिमको जर्सी, ब्यानर, प्लेकार्ड एवं झन्डासहित टिमको मनोबल बढाउन रंगशालामा उपस्थित छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले बुधबार काठमान्डु गोर्खाजमाथि रोमाञ्चक २९ रनको जित निकालेको छ । यससँगै कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुदूरपश्चिमले प्रभावशाली विजयी सुरुआत लिएको छ ।जितका लागि १ सय ४८ रन पछ्याएको काठमान्डुले १६.५ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन मात्र जोड्न सक्यो । यो जितपछि सुदूरपश्चिमको एक खेलबाट दुई अंक भएको छ । काठमाडौंको पनि दुई खेलबाट दुई अंक नै रहेको छ । उसले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराएको थियो ।
![Fan craze at the Tribhuvan University Cricket Stadium [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/kathmandugorkhasvssudurroyalsnpls213-19112025052710-1000x0.jpg&w=1001&h=0)
![Fan craze at the Tribhuvan University Cricket Stadium [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/kathmandugorkhasvssudurroyalsnpls223-19112025052835-1000x0.jpg&w=1001&h=0)