खेलका रोचक र नियमित अपडेटका लागि ekantipur हेर्दै गर्नुहोला ।
विराटनगरले एनपीएलकै सबैभन्दा धेरै स्कोर २ सय २० बनाएको छ । उसले यसक्रममा आफ्नै रेकर्ड ब्रेक गरेको हो । यसअघि पहिलो एनपीएलमा पनि उसले १ सय ९३ रन बनाएको थियो ।
पोखराविरुद्ध विराटनगरबाट सोमबार लोकेश बमले ७२,मार्टिन गप्टिलले ६१, शुभम् रजानेले ३८ र बसिर अहमदले २३ रन बनाए ।
दोस्रो विकेटका लागि बम र गप्टिलले १ सय ३२ रनको साझेदारी गरेका थिए । पोखराबाट म्याट टेलरले २ विकेट लिए । आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले एक-एक विकेट लिए ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिले कर्णाली याक्स र चितवन राइनोजबीच खेल भइहरेको छ । यो खेल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको राम्रो उपस्थिति रहेको छ । कर्णालीका समर्थक कर्णालीका बलरले विकेट लिँदा हुटिङ गरिरहेका छन् भने चितवनका समर्थक चितवनका ब्याटरले चौका र छक्का प्रहार गर्दा हुटिङ गरिरहेका छन् ।
![NPL: Pokhara Avengers VS Biratnagar Kings [LIVE]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/de9c57bd-4aea-49a1-ab5b-af114ca211de-18112025121059-1000x0.jpg&w=1001&h=0)

