काठमान्डु गोर्खाजले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा पहिलो पटक फ्लड लाइटमा खेलाइएको खेलमा जनकपुर बोल्ट्सले दिएको १ सय ३१ रनको लक्ष्य दुई ओभरअगाडि नै पूरा गरेको थियो ।
काठमाडौँ — त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा सोमबारदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) उल्लासमय भएको छ । बलिङसँगै ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गरेपछि काठमान्डु गोर्खाजले एनपीएल सिजन-२ को पहिलो खेलमा सोमबार डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ ।
ओपनरद्वय बेन चार्ल्सवर्थ र आकाश त्रिपाठीको उत्कृष्ट ब्याटिङपछि काठमान्डुले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालाको पहिलो पटक फ्लड लाइटमा खेलाइएको खेलमा १ सय ३१ रनको लक्ष्य दुई ओभर अगाडि नै पूरा गरेको हो ।
![NPL: Kathmandu's stunning win [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplkgvsjab11172025c7a1038-copy-17112025050113-1000x0.jpg&w=1001&h=0)
![NPL: Kathmandu's stunning win [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplkgvsjab11172025c7a0136-copy-17112025050025-1000x0.jpg&w=1001&h=0)