गत सिजन चितवन र कर्णाली दुवै प्लेअफमा पुगेका थिए । कर्णालीले चितवनलाई लिग चरणमा २१ रनले र प्ले अफमा ६ विकेटले पराजित गरेको थियो ।
काठमाडौँ — चितवनले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । चितवनका कप्तान कुशल मल्लले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा टस जितेर कर्णाली याक्सका लागि ब्याटिङमा बोलाएको हो ।
चितवनबाट कुशलसहित, देव खनाल, सैफ जैब, अजुर्न साउद, रबि बोपारा, डेबिड मलान, दीपक बोहोरा, विपिन आचार्य, कलमसिंह ऐरी, रिजन ढकाल, सोहेल तान्बिर प्लेयिङ ११ मा खेलिरहेका छन् ।
जैब गत सिजनमा सुदूरपश्चिमबाट खेल्दै प्लेयर अफ द सिरिजमा चुनिएका थिए । इंग्ल्यान्डबाट खेलिसकेका अनुभवी मलानले पहिलो पटक एनपीएल खेल्न लागेका हुन् ।
चितवनले गत वर्ष इमर्जिङ प्लेयरमा चुनिएका स्पिनर विपिन शर्मालाई प्लेइङ टोलीमा राखेको छैन । कर्णालीका गत सिजनका हिरो विलियम बोसिस्टो पनि कर्णालीको प्लेयिङ ११ मा छैनन् ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीमा पवन सर्राफ, म्याक्स ओ’डड, अर्जुन घर्ती, नजिबुल्ला जाद्रन, प्रियांक पञ्चल, गुलशन झा, मार्क वाट, नन्दन यादव, युनिस विक्रम सिंह, युवराज खत्री खेलिरहेका छन् ।
गत सिजन चितवन र कर्णाली दुवै प्लेअफमा पुगेका थिए । कर्णालीले चितवनलाई लिग चरणमा २१ रनले र प्ले अफमा ६ विकेटले पराजित गरेको थियो ।
