प्रधानमन्त्री कार्कीद्वारा एनपीएलको उद्घाटन

काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोजेपछि गत वर्षको च्याम्पियन जनकपुरसँगको भिडन्तको सुरुवात निकै उत्साहजनक बनेको छ।

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Karki inaugurates NPL

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (क्रिकेट) को उद्घाटन गरेकी छन् । प्रधानमन्त्री कार्की सोमबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान पुगेर प्रतिस्पर्धी टोली काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्सका खेलाडीसँग परिचय गर्दै एनपीएलको उद्घाटन गरेकी हुन् ।

उद्घाटन खेलमा काठमान्डुका कप्तान करणले टस जितेर डिफेन्डिङ च्याम्पियन जनकपुरविरुद्ध फिल्डिङ गर्ने निर्णय गरका थिए । गत सिजनमा जनकपुरले उपाधि यात्राको क्रममा काठमान्डुलाई ५ विकेटले पराजित गरेको थियो । 

काठमान्डुको टोलीबाट करण केसीसहित आकाश त्रिपाठी, भीम सार्की, सन्तोष यादव, आदिल अन्सारी, रशिद खान, शाहव आलम, रिकार्डो भास्कोनसेलोस, बेन चार्ल्सवर्थ, जेहर्राड इरसमस र मिलिन्द कुमार प्लेयिङ ११ बाट खेलिरहेका छन् ।

त्यस्तै जनकपुरबाट आसिफ शेख, कप्तान अनिल साह, किशोर महतो, ललित राजवंशी, मयन यादव, विकास आग्री, रुपेश सिंह, लाहिरु मिलान्था, लाहिरु समराकुन, यान निकोल लफ्टी इटन, सञ्जय कृष्णमुर्थी प्लेयिङबाट खेलिरहेका छन् । 

जनकपुर बोल्ट्सकाठमाडौं गोर्खाजएनपीएल

कान्तिपुर

Link copied successfully