एनपीएल : क्रिकेट खेलमैदान आसपास भिडभाड नगर्न प्रहरीको आग्रह

आजको खेलका सम्पूर्ण टिकट बिक्री भइसकेको जानकारी सम्बन्धित निकायबाट प्राप्त भएको भन्दै प्रहरीले अनावश्यक भिड नगर्न भनेको हो ।

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

NPL: Police urge people not to crowd around cricket grounds

काठमाडौँ — नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना जारी गर्दै आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका खेल सुरु भएकाले खेलमैदानबाहिर भिडभाड नगर्न आग्रह गरेको हो ।

प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आजको खेलका सम्पूर्ण टिकट बिक्री भइसकेको जानकारी सम्बन्धित निकायबाट प्राप्त भएकाले खेलमैदानबाहिर गएर अनावश्यक भिडभाड नगर्न आग्रह गरेका हुन् ।

प्रहरीले खेलप्रेमीलाई आफ्नो अनुकूल स्थानमा रहेर हेर्न, खेलस्थलको बाहिर भिड नगरिदिनुहुन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गरी नागरिक दायित्व निर्वाह गर्नसमेत अनुरोध गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully