एनपीएलको इन्टरटेनमेन्ट पार्टनरमा एलओडी क्लब

खेल भइरहेको समय क्लबका डिजेहरूले रंगशालामा 'क्याबिन' म्युजिक प्ले गर्नेछन् ।

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

LOD Club as NPL's entertainment partner

काठमाडौँ — एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको छ । सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने एनपीएलको दोस्रो सिजनका लागि एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको हो ।

आइतबार क्लबका सीईओ रविन श्रेष्ठ र नेपा क्रिकेट संघका सचिव पारस खड्काले सम्झौता गरे । क्लबका सीईओ श्रेष्ठका अनुसार खेल भइरहेको समय क्लबका डिजेहरूले रंगशालामा 'क्याबिन' म्युजिक प्ले गर्नेछन् । 'प्रत्येक खेलका खेलाडीहरूलाई विशेष कार्यक्रम गरेर क्लबमा स्वागत गरिन्छ,' उनले भने,' खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन गर्नु क्लबले जिम्मेवारी पाएको छ ।' ठमेलमा रहेको एलओडी क्लब विश्वकै ४४ औँ स्थानमा रहेको छ ।

उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिड्नेछन्। एनपीएलका ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा हुनेछ। बाँकी ९ खेल दिनमा हुनेछन्। लिग चरणका २८ खेल भने डे नाइटमा हुनेछ।

कान्तिपुर

Link copied successfully