सुदूरपश्चिमको उपाधि धोको

नेतृत्वसहित ट्वान्टी–२० लाई चाहिने सबै पक्ष भएका दीपेन्द्रको च्याम्पियन बन्ने सपना पूरा गर्न अनुभवी खेलाडी विनोद भण्डारी, अविनाश बोहरा, आरिफ शेख, इशान पाण्डेको दरिलो साथ आवश्यक छ । युवा खेलाडीहरू नरेन साउद, दीपक बोहरासहितको टोली पनि त्यसका लागि तयार हुनुपर्छ ।

कार्तिक २९, २०८२

कान्तिपुर संवाददाता

Far West title lost

What you should know

काठमाडौँ — गत वर्ष जनकपुर बोल्ट्सले उपाधि जितेपछिको परेडमा मधेश प्रदेशमा ठूलै भीडभाड देखिएको थियो । विशेष गरी जनकपुरमा विजेता टोलीको सम्मानका लागि परेडको लामो लाइन थियो ।

भिडियो र तस्बिरमा त्यो देखेपछि अनौपचारिक भेटमा दीपेन्द्रसिंह ऐरी भन्दै थिए, ‘सुदूरपश्चिमले जितेको भए योभन्दा पनि ठूलो भीड जम्मा हुन सक्थ्यो ।’

उनको भनाइमा दुईटा कुरा स्पष्ट देखिन्थ्यो । सुदूरपश्चिमका यी कप्तानको भनाइमा उपाधिको ठूलो भोक थियो । अर्को जनकपुरसँग फाइनलमा भोगेको ५ विकेटको हारको पीडा उनभित्र स्पष्ट झल्कन्थ्यो । सुदूरपश्चिमले फाइनलमा उत्कृष्ट ब्याटिङ गरेको थियो । तर केवल लाहिरू मिलान्थालाई पन्छाउन नसक्दा टोली पहिलो सिजनको च्याम्पियनबाट रोकिएको थियो ।

ट्वान्टी–२० मा विश्वका शीर्षस्थ अलराउन्डर दीपेन्द्र एनपीएल पहिलो सिजनमा नेपाली खेलाडीतर्फ प्लेयर अफ द सिरिजमा चुनिएका थिए । नेतृत्वसहित ट्वान्टी–२० लाई चाहिने सबै पक्ष भएका दीपेन्द्रको च्याम्पियन बन्ने सपना पूरा गर्न अनुभवी खेलाडी विनोद भण्डारी, अविनाश बोहरा, आरिफ शेख, इशान पाण्डेको दरिलो साथ आवश्यक छ । युवा खेलाडीहरू नरेन साउद, दीपक बोहरासहितको टोली पनि त्यसका लागि तयार हुनुपर्छ । 

सैफ जैबले छाडेपछि दबाब सुदूरपश्चिमलाई झनै बढेको छ । जैबको स्थानमा टोलीले अस्ट्रेलियाका भेट्रान क्रिस लिनलाई लिएको छ । न्युजिल्यान्डका तीव्र्र गतिका बलर स्कट कुग्लेइन र स्पिन अलराउन्डर हरमित सिंह गत वर्ष पनि सुदूरपश्चिममै थिए । स्पिनका लागि स्वर्ग मानिएको त्रिविको विकेटमा कुग्लेइनले गत वर्ष १७ विकेट लिँदै तहल्का मच्चाएका थिए । अस्ट्रेलियन ब्याटर जोस ब्राउन सुदूरपश्चिमको लक्ष्यमा ठूलो भूमिका खेल्न सक्षम खेलाडी हुन् ।

नेपालका सर्वाधिक सफल प्रशिक्षक जगत टमाटा पनि उपाधि सपना देख्न माहिर छन् । प्रशिक्षक र कप्तानले आफ्नो संयुक्त सपनालाई कता डोर्‍याउलान् त्यो हेर्न बाँकी नै छ । सुदूरपश्चिम रोयल्स– दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, अविनाश बोहरा, आरिफ शेख, हेमन्त धामी, इशान पाण्डे, नरेन साउद, दीपक बोहरा, दीपेन्द्र थापा, मिलन बोहरा, टेक रावत, क्रिस लिन, स्कट कुग्लेइन, हरमित सिंह, जोस ब्राउन । 

टिममा को-को छन् ?

दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, अविनाश बोहरा, आरिफ शेख, हेमन्त धामी, इशान पाण्डे, नरेन साउद, दीपक बोहरा, दीपेन्द्र थापा, मिलन बोहोरा, टेक रावत, क्रिस लिन, स्कट कुग्लेइज्न, हरमित सिंह, जोस ब्राउन।

एनपीएल

कान्तिपुर

Link copied successfully