Live

एनपीएल : काठमाण्डु गोर्खाज vs जनकपुर बोल्ट्स [LIVE]

खेलप्रेमीहरूका लागि एनपीएल एउटा प्रतियोगिता मात्र नभई उत्सवकै रूपमा रहेको छ ।

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

NPL: Kathmandu Gorkhas vs Janakpur Bolts [LIVE]

24 Updates

(07:12 PM)

काठमाडौं गोर्खाज ५ विकेटले विजयी

नेपाल प्रिमियर लिगको उद्‌घाटन खेलमा काठमाडौं गोर्खाज ५ विकेटले विजयी भएको छ । जनकपुर बोल्‍ट्सले दिएको १ सय ३१ रनको लक्ष्य उसले ५ विकेटको क्षतिमा १२ बल बाँकी छँदै भेट्याएको हो । 

काठमाडौं गोर्खाजबाट बेनचार्ल्सवर्थले सर्वाधिक ४६ र आकाश त्रिपाठीले ३९ रन बनाए । 

Kathmandu Gorkhas won by 5 wickets

(07:07 PM)

मिलिन्दकुमार १९ रन बनाएर आउट

काठमाडौं गोर्खाजका मिलिन्द कुमार १९ रन बनाएर आउट भएका छन् । 

Milind Kumar out for 19 runs

(07:01 PM)

काठमाण्डु गोर्खाजका आकाश त्रिपाठी ३९ रन बनाएर आउट भएका छन्

काठमाण्डु गोर्खाजका आकाश त्रिपाठी ३९ रन बनाएर आउट भएका छन्। उनलाई सञ्जय कृष्णमुर्तीले बोल्ड गरेका हुन् । यससँगै जनकपुरले तेस्रो विकेट गुमाएको छ । 

Kathmandu Gorkhaz's Akash Tripathi is out after scoring 39 runs.

(06:59 PM)

१५ ओभरको समाप्तीमा काठमाण्डुले बनायो १ सय १ रन

१५ ओभरको समाप्तीमा काठमाण्डुले बनायो १ सय १ रन । काठमाडौंका  मिलिन्दकुमार र आकाश त्रिपाठीबीच २६ रनको साझेदारी

Kathmandu scored 101 runs at the end of 15 overs.

(06:50 PM)

१३ ओभर समाप्त, काठमाण्डुको ९१ रन

१३ ओभर समाप्त, काठमाण्डुको ९१ रन 

13 overs end, Kathmandu 91 runs

(06:33 PM)

काठमाण्डु गोर्खाजको दोस्रो विकेट गयो

काठमाण्डु गोर्खाजको दोस्रो विकेट गएको छ । भीम सार्की ललित राजवंशीको बलमा आउट भएका हुन् । 

(06:28 PM)

बेन चार्ल्सवर्थ ४६ रन बनाएर आउट

बेन चार्ल्सवर्थ  ४६ रन बनाएर आउट भएका छन्। उनलाई लोफ्टी इटोनले आउट गरे ।

Ben Charlesworth out for 45 runs

(06:25 PM)

बेन चार्ल्सवर्थ अर्थशतक नजिक

काठमाडौं गोर्खाजका इंलिस ब्याट्सम्यान बेन चार्ल्सवर्थले जनकपुर बोल्ट्सविरुद्ध ४५ रन बनाएका छन् । उनले ३ छक्का र ५ चौका प्रहार गरिसकेका छन् । 

(06:17 PM)

बेन चार्ल्सवर्थको लगातार दुई छक्का

 रुपेश सिंहको बलमा बेन चार्ल्सवर्थले लगातार दुई छक्का प्रहार गरेका छन् । 

(06:12 PM)

पाँचौ ओभरको समाप्तिमा ४० रन

काठमाण्डु गोर्खाजले पाँचौ ओभरको समाप्तिमा ४० रन बनाएको छ । 

(06:01 PM)

काठमाण्डु गोर्खाजले ब्याटिङ सुरु गरेको छ

 १ सय ३१ रनको लक्ष्य पाएको काठमाण्डु गोर्खाजले ब्याटिङ थालेको छ । आकाश त्रिपाठी र बेन चाल्रसवर्थले क्रिजमा छन् । 

Kathmandu Gorkhas have started batting.

(05:48 PM)

मिलिन्द कुमारले १५ रन दिएर ३ विकेट लिए

काठमाण्डु गोर्खाजका मिलिन्द कुमारले १५ रन दिएर ३ विकेट लिए । जसकारण सुरुदेेखि नै जनकपुर दबाबमा पर्‍यो । यी अमेरिकी बलरसँग दिल्ली देरदेभिल्सबाट खेलेको अनुभव छ ।  

Miland Kumar took 3 wickets for 15 runs

(05:33 PM)

जनकपुरले दियो १ सय ३१ रनको लक्ष्य

जनकपुर बोल्ट्सले काठमाण्डु गोर्खाजलाई दियो ‍‍‍ १३१ रनको लक्ष्य

Janakpur set a target of 131 runs

(05:17 PM)

करणको बलमा मायनले छक्का प्रहार गरे

काठमाडौं गोर्खाजका करण केसीको बलमा जनकपुरका मायन यादवले छक्का प्रहार गरेका छन् । 

Mayank hits a six off Karan's delivery.

(05:05 PM)

आशिफ शेख ५४ रन बनाएर आउट

जनकपुर बोल्टस्का आशिफ शेख ५४ रन बनाएर आउट भएका छन् । 

Ashif Sheikh out for 54 runs

(05:03 PM)

मिलिन्दको धारिलो बलिङ

काठमाडौं गोर्खाजबाट मिलिन्द कुमारले धारिलो बलिङ गर्दै ३ विकेट लिएर जनकपुरलाई दबाबमा राखे । ३४ वर्षीय मिलिन्दसँग दिल्ली डेयरडेभिल्सबाट आईपीएल खेलेको अनुभव छ । उनले मिलिन्था, अनिल शाह र लोफ्टी इटनलाई आउट गरे । 

Malintha's sharp bowling

(05:00 PM)

आसिफले बनाए अर्धशतक

जनकपुर बोल्टस्बाट आशिफ शेखले अर्धशतक बनाएका छन् । 

(04:58 PM)

११ ओभर समाप्त, आशिफ अर्धशतक नजिक

जनकपुर बोल्ट‍्सबाट आसिफ शेख अर्धशतक नजिक छन् । उनले ४९ रन बनाइसकेका छन् । 

(04:49 PM)

सुरुवाती १० ओभरमा जनकपुरले ४ विकेट गुमाएर ५६ रनमात्रै बनायो

जनकपुरले ४ विकेट गुमाएर ५६ रन बनाएको छ । आशिफ शेखबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । आशिफले २७ बलमा ३८ रन बनाएका छन् । 

(04:45 PM)

जनकपुरको चौथो विकेट गयो

जनकपुरले चौथो विकेट गुमाएको छ । सन्तोष यादवको बलमा सञ्जय कृष्णमुर्ती आउट भएका हुन् । 

(04:35 PM)

जनकपुरले गुमायो तेस्रो विकेट, लोफ्टी इटोन बोल्ड

जनकपुर बोल्टस्ले गुमायो तेस्रो विकेट, लोफ्टी इटोनलाई मिलिन्द कुमारले बोल्ड गरे । 

(04:32 PM)

अनिल शुन्य रनमै आउट !!! जनकपुर गोर्खाजको दोस्रो विकेट गयो

जनकपुर बोल्टस्ले दोस्रो विकेट गुमाएको छ । अनिल शाह शुन्य रनमै आउट भए । 

(04:12 PM)

पहिलो बलमै मिलान्थाको चौका

काठमाडौं गोर्खाजविरुद्ध मिलान्था ले पहिलो बलमै चौका प्रहार गरेका छन् । 

(03:57 PM)

जनकपुर बोल्ट्सविरुद्ध टस जितेर काठमाण्डु गोर्खाजले पहिले फिल्डिङ गर्दै

नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाण्डु गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । 

Kathmandu Gorkhas win the toss and elect to field first against Janakpur Bolts

कान्तिपुर

Link copied successfully