उपाधि जोगाउने परीक्षामा जनकपुर

जनकपुर बोल्ट्स पहिलो संस्करणको एनपीएल विजेताको रूपमा सधैं रहनेछ । गत वर्ष जनकपुरले मैदानमा त्यो च्याम्पियन शैली देखाएको थियो । जनकपुरको व्यवस्थापकीय क्षमता यस्तो छ, जो सधैं च्याम्पियनका लागि खेल्छ । 

कार्तिक २९, २०८२

कान्तिपुर संवाददाता

Janakpur in the exam to defend its title

What you should know

काठमाडौँ — एउटा इतिहास कहिल्यै मेटिने छैन । जनकपुर बोल्ट्स पहिलो संस्करणको एनपीएल विजेताको रूपमा सधैं रहनेछ । गत वर्ष जनकपुरले मैदानमा त्यो च्याम्पियन शैली देखाएको थियो । जनकपुरको व्यवस्थापकीय क्षमता यस्तो छ, जो सधैं च्याम्पियनका लागि खेल्छ । 

यसपटक दृश्य फरक बनेको छ । टोलीका च्याम्पियन प्रशिक्षक पुबुदु दासानायके जनकपुर लागेका छन् । टेस्ट खेलाडीको कोटा नपाएपछि न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम शुक्रबारमात्र पोखरा एभेन्जर्स लागेका छन् । जनकपुरले यी दुईको खाडल कसरी पुर्नेछ, त्यो नै च्याम्पियन टोलीको व्यवस्थापनसामु प्रमुख चुनौती बनेको छ ।

पुबुदुको स्थानमा जनकपुरले वेस्ट इन्डिजका ब्याटिङ हस्ती शिवनारायण चन्द्रपाललाई प्रशिक्षकको जिम्मेवारी दिइसकेको छ । सीपीएलको फ्रेन्चाइज टोली जमैका तलवाहजको प्रशिक्षक रहिसकेका चन्द्रपालले नेपाली खेलाडीबारे आफूले स्थानीय प्रशिक्षकसँग सल्लाह लिने जनाइसकेका छन् । यस्तोमा टोलीका नेपाली प्रशिक्षक मनोज कटुवालको भूमिका विशेष बन्न सक्छ ।

निसम लिन नपाउने बाध्यताबीच जनकपुरले वायन पार्नेल, इमरान ताहिरजस्ता अनुभवी खेलाडीलाई लिइसकेको छ । टोलीले उत्कृष्ट ब्याटिङ लयमा रहेका सञ्जय कृष्णमूर्तिलाई समावेश गरेर टिम मजबुत बनाउने प्रयास गरेको छ । अर्का विदेशी खेलाडी नामिबियाका जान निकोल लफ्टी इटन छन्, जसले २२ महिनाअघि त्रिवि क्रिकेट मैदानमै त्यतिखेरको 

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सवैभन्दा छिटो शतक बनाएका थिए । लाहिरू मिलान्थाबाहेक अन्य सबै जनकपुरले नयाँ भित्र्याएका विदेशी खेलाडी हुन् । लफ्टी इटनले भने गत वर्ष चितवनबाट खेलेका थिए ।

कप्तान अनिल साह र मार्की आसिफ शेखका कारण जनकपुरको सुरुआती ब्याटिङ मजबुत रहेको छ । त्यसमा पहिलो सिजनको सर्वाधिक रनकर्ता मिलान्था भने आसिफको ओपनिङ जोडी हुन् । मायन यादव र शुभ कंसाकार त्यसपछिका ब्याटर हुन् । गत सिजन सर्वाधिक १७ विकेट लिने ललित राजवंशीसहित किशोर महतो, रुपेश सिंहलाई बलिङमा पार्नेल र ताहिरले साथ दिनेछन् ।

टिममा को-को छन् ?

अनिल साह (कप्तान), आसिफ शेख (मार्की), ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, मायन यादव, शुभ कंसकार, विकास आग्री, तुलबहादुर थापा, लाहिरू मिलान्था, वायन पार्नेल, इमरान ताहिर, जान निकोल लफ्टी इटन, सञ्जय कृष्णमूर्ति, लाहिरु समराकुन ।

कान्तिपुर

Link copied successfully