किशनको शतकमा हैदराबाद विजयी

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

Kishan's century wins Hyderabad

काठमाडौँ — इशान किशनको नटआउट शतकमा सनराइजर्स हैदराबादले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को खेलमा राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको छ ।

किसनले ४७ बलमा १ सय ६ रन बनाए र हैदराबाद आफ्नो पहिलो खेलमा ६ विकेट गुमाएर २ सय ८६ रनको लक्ष्य तयार पार्न सफल रहेको थियो ।

Kishan's century wins Hyderabadजवाफमा राजस्थानले ६ विकेट गुमाएर २ सय ४२ रन मात्र बनाउन सक्यो । किसनले आक्रामक इनिङ्समा ११ चौका र ६ छक्का प्रहार गर्न सफल रहे । मुम्बई इन्डियन्स छाडेर हैदराबाद आएयता पहिलो खेलमै उनी आफ्नो पहिलो आईपीएल शतक बनाउन सफल रहे । राजस्थानका लागि अस्ट्रेलियाली ओपनर ट्रेभिस हेडले पनि ३१ बलमा ६७ रन बनाए । उनको ब्याटबाट भने ९ चौका र ३ छक्का निस्केको थियो ।

Kishan's century wins Hyderabadतस्बिरहरू : आईपीएल

राजस्थानका लागि कसैले पनि निर्णायक सावित इनिङ्स खेल्न सकेनन् । ओपनर तथा कप्तान सन्जु सामसनले ६६ रन बनाए । उनले ३७ बलमा सात चौका र चार छक्का प्रहार गरे । यस्तै ध्रुव जुरेलले ३५ बलमा ७० रन बनाए । त्यसमा भने ५ चौका र ६ छक्का सामेल थियो । 

कान्तिपुर

Link copied successfully