कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

आजकै दिन : स्पेनलाई पहिलो विश्वकप उपाधि

आजकै दिन : स्पेनलाई पहिलो विश्वकप उपाधि

काठमाडौँ — सन् २०१० मा आजकै दिन (जुलाई ११) मा स्पेनले पहिलो पटक फिफा विश्वकप फुटबलको उपाधि जितेको थियो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको फाइनलमा नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्दै स्पेनले उपाधि जितेको थियो ।

निर्धारित ९० मिनेटमा कुनै पनि टिमले गोल गर्न नसकेपछि थपिएको समयमा स्पेनका आन्द्रेस इनिएस्टाले गोल गर्दै आफ्नो देशलाई उपाधि दिलाएका थिए ।

हरेक चार वर्षमा हुने प्रतियोगिताको १९ औं संस्करण पहिलो पटक अफ्रिकामा भएको थियो । जोहानेसबर्गमा उद्घाटन भएको प्रतियोगिताका खेल विभिन्न ९ वटा सहरका १० स्थानमा भएका थिए । एक महिना चलेको प्रतियोगितामा जर्मनी तेस्रो र उरुग्वे चौथो भएका थिए ।

३२ टिम सहभागी प्रतियोगितामा ६४ खेल भएका थिए । ती खेलमा कुल १ सय ४५ गोल भएका थिए । १९ औं विश्वकपमा डिएगो फोर्लान उत्कृष्ट खेलाडी, थोमस मुलर उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट गोलरक्षक इकर कासिलास घोषित भएका थिए । फेयर प्ले टिमको उपाधि विजेता स्पेनले पाएको थियो ।

प्रकाशित : असार २६, २०८० ०७:५३
×