२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

आजकै दिन : दिदीलाई हराएर फ्रेन्च ओपन उपाधि

काठमाडौँ — सन् २००२ मा आजकै दिन (जुन ८) मा आफ्नै दिदीलाई हराउँदै अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले महिलातर्फको फ्रेन्च ओपन उपाधि जितेकी थिइन् । 

आजकै दिन : दिदीलाई हराएर फ्रेन्च ओपन उपाधि

सेरेनाले आफ्नी दिदी भेनस विलियम्सलाई ७–५ र ६–३ को सिधा सेटमा पराजित गरेकी थिइन् । टेनिस खेल जीवनमा सेरेनाको त्यो पहिलो फ्र्रेन्च उपाधि थियो । त्यतिबेलाकी डिफेन्डिङ च्याम्पियन जेनिफर क्याप्रियाटी सेमिफाइनलमा सेरेनासँग पराजित भएकी थिइन् ।

सन् १९८१ को सेप्टेम्बर २६ मा जन्मिएकी सेरेनाले १९९५ देखि खेल जीवन सुरु गरेकी थिइन् । त्यसको चार वर्षपछि उनले पहिलो पटक यूएस ओपन उपाधि हात पारेकी थिइन् । २००२ को फ्रेन्च ओपनदेखि २००३ को अस्ट्रेलियन ओपनसम्म चार मुख्य उपाधि फाइनलमा दिदीविरुद्ध जितेकी थिइन् ।

उनी ३ सय १९ सातासम्म विश्व नम्बर एक महिला टेनिस खेलाडी रहेकी थिइन् । सेरेनाले कुल २३ वटा महिला एकल मुख्य उपाधि जितेकी छन् । मार्गरेट कोर्टको भन्दा एक उपाधि कम हो । सेरेनाले २०२२ को सेप्टेम्बरमा खेल जीवनबाट संन्यास लिएकी थिइन् ।

प्रकाशित : जेष्ठ २५, २०८० ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?