म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बालाई कोरोना संक्रमण

भाद्र ११, २०७७

एजेन्सी

लन्डन — म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पउल पोग्बालाई कोरोना संक्रमण भएको छ । फ्रान्सेली टिमका व्यवस्थापक डिडिएर डेसक्याम्पले उनलाई संक्रमण भएको पुष्टि गरेका छन् ।

अब पोग्बा १४ टिम क्वारेन्टाइनमा बस्नेछन् । संक्रमित भएपछि उनले अब फ्रान्सका लागि नेसन्स लिगमा स्विडेनविरुद्ध सेप्टेम्बर ५ मा हुने खेल गुमाउने छन् ।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर र क्रिस्टल प्यालेसबीच सेप्टेम्बर १९ मा हुने खेलसम्ममा उनी निको भइसक्ने अनुमान गरिएको छ ।

कोरोना भाइरस

एजेन्सी

Link copied successfully