प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ६ हजार १९ पुग्यो

भाद्र ११, २०७७

अमृता अनमोल

बुटवल — प्रदेश ५ मा बिहीबार थप ९६ जनामा संक्रमण देखिएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १९ पुगेको छ । उपचारका क्रममा २६ जनाको मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार बिहीबार सबैभन्दा धेरै बाँकेमा संक्रमित थपिएका छन् । रुपन्देहीमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा १९, नवलपरासी पश्चिम क्षेत्रमा १० र बर्दियामा २ जनामा संक्रमण देखिएको छ । संक्रमित हुनेमध्ये ३० महिला र ६६ पुरुष छन् । एक सय २७ जनाको कोरोना विशेष अस्पतालमा उपचार भएको छ । त्यसमध्ये १८ जना आईसीयूमा छन् ।

अन्य पालिकास्तरका आइसोलेसन केन्द्र र होमआइसोलेसनमा छन् । संक्रमित मध्ये ४ हजार ६ सय ८७ जना निको भएर घर फर्केका छन् ।  

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully