नर्समा कोरोना देखिएपछि क्रिमसन अस्पतालको ओपीडी कक्ष सिल

भाद्र ११, २०७७

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको क्रिमसन अस्पतालमा बिहीबार एक नर्सलाई कोरोना संक्रमण भएपछि अस्पतालको ओपीडी कक्ष सिल गरिएको छ ।

अस्पतालको ओपीडीमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि कक्ष सिल गरिएको तिलोत्तमा नगरपालिकाको स्वास्थ्य शाखा संयोजक मोति पौडेलले बताए । ‘संक्रमित कन्ट्याक्टमा रहेका स्वास्थ्यकर्मी र कर्मचारीको रिपोर्ट नआउञ्जेलसम्मका लागि सिल गरेका हौं,’ उनले भने, ‘अन्य सेवा सुचारु छ ।’ 

यसअघि नै क्रिमसन अस्पतालमा उपचारकै क्रममा कोरोना संक्रमणका कारण गुल्मीका एक पुरुषको मृत्यु भएको थियो ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully