मकवानपुर — मकवानपुरमा बिहीबार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकामा हेटौंडाका १७ जनासहित बिहीबार मकवानपुरमा २० जनामा कोरोना पुष्टि भएको हो ।
पुष्टि भएकामध्ये कैलाश गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका २ जना रहेको हेटौंडा आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए । भदौ ६ गते र ८ गते संकलन गरिएको २०० वटा स्वाबको पीसीआर परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको हो । योसँगै मकवानपुरमा कोरोना संक्रमितका संख्या ४२४ पुगेको छ ।
यसैगरी पछिल्लो ३ दिनमा ६४ जना कोरोना संक्रमितहरुको पुन: परीक्षण गर्दा ४८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ९ जनाको पुन: पोजिटिभ रिपोर्ट आएको चौलागाईंले जानकारी दिए ।
