च्याम्पियन्स लिग स्थगित हुन सक्ने

चैत्र २४, २०७६

एजेन्सी

बर्लिन — युरोपेली फुटबल महासंघका अध्यक्ष एलेक्जान्डर केफरिनले यस सिजनको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग स्थगित हुन सक्‍ने बताएका छन् ।

केफरिनले प्रतियोगिता नै स्थगित गर्नुको विकल्पमा दर्शकविहीन बन्द रंगशालामा खेलाउनु राम्रो भएको पनि मानेका छन् । युरोपेली क्लब फुटबलका दुई ठूला प्रतियोगिता अहिले अनिश्चित समयका लागि सारिएको स्थितिमा छन् ।

जर्मन पत्रिका जेडडीएफसँगको कुराकानीमा अध्यक्ष केफरिनले भनेका छन्, ‘सेप्टेम्बर अथवा अक्टोबर महिनासम्म प्रतियोगिता चलाइ रहनुको कुनै अर्थ हुन्‍न ।’

उनले जति बेलासम्म स्थिति अनुकूल हुन्‍न र कोरोना भाइरस संक्रमणको डर रहिरहन्छ, त्यति बेलासम्म फुटबल खेल्नु ठीक नहुने पनि स्वीकारेका छन् ।

एजेन्सी

Link copied successfully